जलवायु परिवर्तनसँग जुध्न नेपाललाई अन्तर्राष्ट्रिय सहयोगको खाँचो : मन्त्री राणा
वशिङ्टनडिसी । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले एशियाली मुलुकमा शान्ति, अमनचैन र समृद्धिका लागि एशियाली सहकार्य संवादको दृष्टिकोण अनुसार काम गर्न नेपाल प्रतिबद्ध रहेको बताएकी छन् ।
संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन यहाँ आएकी मन्त्री राणाले बिहीबार भएको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दे उक्त धारणा राखेकी हुन् ।
उनले भनिन्, 'हामीहरुको साझा घर पृथ्वीमा जलवायु परिवर्तनका कारण विगतमा कहिल्यै भोग्नु नपरेको चुनौतीहरुको सामना गर्नु परिरहेको छ, यो तत्कालै सम्बोधन हुनुपर्ने विषय हो ।' जलवायु परिवर्तनबाट जुध्न नेपाललाई अन्तर्राष्ट्रिय सहयोगको खाँचो उनको भनाइ थियो ।
अहिले हिमशृङ्खलामा परेको वातावरणीय असरको कारणले बाढीपहिरो तथा पूर्वाधारहरुको क्षयीकरण बढिरहेको उल्लेख गर्दै उनले यसलाई सम्बोधन गरेर मानवीय संकट कम गर्न सबै तप्काले सहकार्य गर्न जरुरी रहेको आवश्यकता औँल्याइन् ।
मन्त्री राणाले एशियाली देशहरुले यस्ता समस्यासँग जुध्न कसरी रणनीति बनाएर सामना गर्न सक्छौ भन्ने कुराले एशियाली सहकार्य संवादको उपादेयिता हुने विषय मापन गर्ने बताइन् ।
हामीहरुको दृष्टिकोण र प्रतिबद्धताले एशिया र विश्वलाई चुनौतीहरुको सामना गर्ने माध्यम बन्न सकोस भन्ने मन्त्री राणाको भनाइ थियो । नेपाल सन् २०१६ देखि एशियाली सहकार्य संवादसँग जोडिदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण