‘बेहुली फ्रम मेघौली’ अमेरिकामा पनि प्रदर्शन हुने
काठमाडौँ । अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को अमेरिकामा पनि प्रदर्शन हुने भएको छ । फिल्मको अमेरिका प्रदर्शन अधिकार नेपसिने, हिमालीफाई, खड्का ग्रुप, नेपाल इन्टरटेनमेन्ट र ब्लुम एण्ड कम्पनीले लिएको हो ।
फिल्म दसैँको घटस्थापनाबाटै अमेरिकाको डलास, बोस्टन, न्युयोर्क र सान फ्रान्सिस्को लगायतका सहरमा प्रदर्शन हुनेछ । फिल्मको अस्ट्रेलिया, युरोप र मध्यपूर्वका देशहरूमा प्रदर्शन अधिकारका लागि कुरा भइरहेको निर्माण युनिटले जनाएको छ ।
फिल्ममा निश्चल र स्वस्तिमाको अलवा वसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर शिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ । उनीहरुको यो डेव्यु फिल्म हो । फिल्मको निर्माण पनि स्वस्तिमा र निश्चलले मिलेर गरेका हुन् । कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे रहेका छन् ।
फिल्ममा नरेन्द्र मैनालीको छायाङ्कन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन छ । फिल्मलाई एप्पल इन्टरटेनमेन्ट र डीसीएनले वितरण गर्दैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण