झरीका कारण काठमाडौँको जनजीवन प्रभावित (तस्बिरहरु)

काठमाडौँ । शुक्रबार देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । झरीका कारण काठमाडौँको जनजीवन समेत प्रभावित भएको छ ।
विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका तराई भूभागका केही स्थानमा हुरीबतास चल्ने सम्भावना पनि छ ।
यसैगरी आज राति देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभावका अधिकांश भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहने विभागको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्बाट निलम्बित भएका संसदीय दलका नेता किन ?
-
ट्रम्पले सर्वोच्च नेता खामेनेईलाई हत्या गर्ने इजरायलको योजना अस्वीकार गरेको खुलासा
-
ग्रिन्सबोरोको प्रस्तुतिसँगै नेपथ्यको अमेरिका यात्रा २०२५ पूरा
-
तीनवटा वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना
-
सोमबार कुन राशिका लागि शुभ ?
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर