प्रतिकुल मौसम
नागढुंगास्थित सुरुङमार्ग नजिकै लेदो खसेर राजमार्ग अवरुद्ध
शुक्रबार, ११ असोज २०८१, १४ : २९

काठमाडौँ । नागढुंगास्थित सुरुङमा मार्ग नजिकै लेदो सहितको पहिरो खसेर सडक अवरुद्ध भएको छ । मध्यान्ह २ बजेतिर धुनिवेशी नगरपालिका–९ स्थित सुरुङ मार्ग नजिकै लेदो आएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालले रातोपाटीलाई बताए ।
लेदोका कारण सडक दुईतर्फ अवरुद्ध भएको छ । स्थानीय निकाय र सडक विभागसँग समन्वय गरेर सडक खुलाउने प्रयास भइरहेको इन्स्पेक्टर सिलवालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादी आन्दोलनबारे अन्तर्राष्ट्रिय प्रजातन्त्र संघले के भन्यो ?
-
डाइभर्सन बगाउँदा कान्ति लोकपथ अवरुद्ध
-
प्रभु साहको प्रश्न– ‘मानव तस्करी घटनामा प्रधानमन्त्री किन मौन ?’
-
भोजपुरी भाषा सिकाउँदै वीरगञ्ज महानगर
-
किर्ते मुद्दामा दुहुँ गाउँपालिकाका लेखापाल प्रहरीको नियन्त्रणमा
-
माओवादी नेताहरुद्वारा सहिद तथा बेपत्ताजनका परिवारसँग भेटघाट