अपाङ्गता भएका ३४ सहित ९४ इजरायलीले सम्पन्न गरे अन्नपूर्ण सर्किट ट्रेक
काठमाडौँ । शारीरिक रूपमा अशक्त ३४ जनासहित ९४ जना इजरायली पदयात्रीको समूहले अन्नपूर्ण पदयात्रा सम्पन्न गरेका छन् । १२ जनाले ह्विलचेयरको सहायता आवश्यक भएका तथा अन्य २२ जना अशक्तसहित ती पर्यटकहरूले बिहीबार उक्त ट्रेक सम्पन्न गरेका हुन् ।
उक्त टोलीले सेप्टेम्बर १८ मा यात्रा शुरू गरेको थियो । बिहीबार अर्थात् सेप्टेम्बर २६ को दिन उक्त पदयात्रा सफलतापूर्वक सम्पन्न भएको हो । उक्त टोलीले स्थानीय समुद्री सतहदेखि ११ हजार १ सय ४५ फिट उचाइमा मनाङमा हुम्दे विमानस्थलसम्म हवाई मार्गबाट यात्रा गरी त्यसपछि पदयात्रा सुरु गरेका थिए ।
यात्राको क्रममा पदयात्रीहरूले मनाङमा २ रात स्थानीय संस्कृति र परिकारको रमाइलो गर्न बिताए । उनीहरूले ५ हजार ४ सय १६ मिटर अग्लो थोरङ ला पास सफलतापूर्वक पार गरेका थिए ।
पदयात्रीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल पर्यटन बोर्डका तर्फबाट राजदूत हनन गोडर र लक्ष्मण गौतमले स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण