सिन्धुलीमा ३१ जना शिक्षक र विद्यार्थी बढीमा फसे
सिन्धुली । सिन्धुलीको दुम्जामा ३१ जना बढीमा फसेका छन् । बिहीबार रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढीका कारण रोशी र सुनकोशी नदीबिचमा ३१ जना शिक्षक र विद्यार्थी फसेका हुन् ।
बाढीमा ३ शिक्षक र २८ विद्यार्थीसहित ३१ जना फसेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ दुम्जामा रहेको कुशेश्वर महादेव गुरुकुलमा अध्ययनरत २८ विद्यार्थी र ३ शिक्षक फसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मन्दिरको पछाडिबाट बगेको सुनकोशी नदी र अगाडि बगेको रोशी खोलामा बाढी आएको हुँदा शिक्षक र विद्यार्थी फसेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माले जानकारी दिए । उनका अनुसार दुईतर्फ खोलाले घेरिएको टापु जस्तै स्थानमा रहेको मन्दिरमा रहेको गुरुकुलमा अध्ययनका लागि बसेका उनीहरू बाढीमा फसेका हुन् । उक्त स्थान सुरक्षित रहेको र उच्च सतर्कताका साथ निगरानीमा राखिएको प्रजिअ शर्माले बताए ।
‘खोलाले घेरिएको टापु जस्तै स्थानमा केही विद्यार्थी र शिक्षक तथा मन्दिरका पुजारी रहेका छन् । त्यो स्थान बगाउने सम्भावना छैन । हालसम्म पानीको तहले भेटेको अवस्था पनि होइन । तर पनि सतर्कता अपनाएर सुरक्षा निकाय परिचालन गरिएको छ,’ उनले भने ।
तत्काल उद्धार गर्ने अवस्था नरहेको उनले बताए । शिक्षक र विद्यार्थी मन्दिरमा सुरक्षित रहेको र निरन्तर सम्पर्क भइरहेकोले पानीको सतह बढ्दै गएमा हेलीकप्टरबाट उद्धार गर्न समन्वय गरिने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण