साफ यु–१७ : सेमिफाइनलका खेलहरू आज हुँदै
काठमाडौं । साफ यु–१७ च्याम्पियनसिप फुटबल अन्तर्गत दुवै सेमिफाइनल खेलहरू आज हुँदैछन् ।
भुटानको चाङ्लिमिथाङ रंगशालामा आज हुने पहिलो खेलमा नेपाल र भारतबिच प्रतिस्पर्धा हुनेछ । उता दोस्रो खेलमा पाकिस्तान र बङ्गलादेश आमने सामने हुने छन् ।
नेपाल समूह उप विजेताको रूपमा सेमिफाइनल पुग्दा भारत विजेताको हैसियतले सेमिफाइनल खेल्दै छ । भारतले समूह चरणमा बङ्गलादेश र माल्दिभ्सलाई पराजित गरेको थियो ।
यता, नेपाल समूह चरणको पहिलो खेलमा पाकिस्तानसँग १–० गोल अन्तरले पराजित भएको थियो भने श्रीलङ्कामाथि ४–० को एकतर्फी जीत दर्ता गरेको थियो । यसैगरी समूह चरणको अन्तिम खेलमा घरेलु टोली भुटानमाथि २–१ गोलको पुनरागमन जीत दर्ता गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको थियो ।
नेपाली टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले उपाधि जित्ने लक्ष्यका साथ भुटान आएको बताउँदै भारतविरुद्धको सेमिफाइनल खेल उत्कृष्ट हुने विश्वास व्यक्त गरे ।
यसैगरी कप्तान सुवास बमले नेपाली टिमले पहिलो खेलमा गरेको गल्तीमा सुधार गरेको बताउँदै भारतविरुद्ध जित निकाल्दै फाइनल पुग्ने लक्ष्य रहेको बताए । टिममा सवै खेलाडी फिट भएकाले पनि फाइनल पुगेर उपाधि जित्ने विश्वास व्यक्त गरे ।
नेपाल र भारतबिचको पहिलो सेमिफाइनल खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुने छ ।
पाकिस्तान र बङ्गलादेशको खेल भने अपराह्न पौने ६ बजे हुने छ । आजका विजेताले उपाधिका लागि सोमबार प्रतिस्पर्धा गर्ने छन् । साफ यु–१७ मा घरेलु टोली भुटानसहित श्रीलङ्का र माल्दिभ्स पनि सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण