लुम्बिनी प्रदेश : पहिरोले यी सडकहरू अवरुद्ध
बुटवल । निरन्तर परेको वर्षापछिको पहिरोले लुम्बिनी प्रदेशका विभिन्न सडक अवरुद्ध भएका छन् ।
गुल्मीको तम्घास‐रिडी र रिडी‐रुद्रवेणी‐वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । तम्घास‐रिडी सडक खण्ड अन्तर्गत रेसुङ्गा नगरपालिका ११ को उर्लेनी, गुल्मीदरबार गाउँपालिका ४ अन्तर्गत विरबास र छत्रकोट गाउँपालिका ३ अन्तर्गत लुम्छामा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरीले कार्यालय गुल्मी डीएसपी शंकर पाेखरलेले बताए ।
अर्घाखाँचीको सन्धिखर्क–गोरुसिंगे सडक खण्डको विभिन्न ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । नरपानी, घुम्ती, दहखाेला, सितापुर लगायतका ठाउँमा पहिराले सडक अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँची प्रहरी निरीक्षक एवं सूचना अधिकारी विपिन काफ्लेले बताए । सडक माथिबाट पहिरो खसेपछि गाडी सकेका चलेका छैनन् ।

राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर-सल्यान सडक भासिएर अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय दाङले खुलाउने प्रयास भइरहेको जनाएको छ। पहाडी जिल्ला प्युठानका सडकहरू पनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ । प्युठान विभिन्न ग्रामीण ठाउँमा जाने सडकहरू अवरुद्ध भएका छन् ।
यता पाल्पाको तिनाउ गाउँपालिका ३ केराबारी भन्ने स्थानमा पहिरोले अवरुद्ध बनेको सडक कार्यालयले डोजर प्रयोग गरेर खुलाइएको छ । प्रहरीले अहिले बुटवल पाल्पा सडकमा सवारी चल्न थालेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण