लुम्बिनी प्रदेश: पहाडी जिल्लाका सबै सडक अवरुद्ध
शनिबार, १२ असोज २०८१, १२ : ५३

बुटवल । अविरल वर्षासँगैको पहिरोले लुम्बिनी प्रदेशका सबै पहाडी जिल्लाका बाटो अवरुद्ध भएका छन् ।
राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पाल्पाको तिनाउ गाउँपालिका ३ केराबारी भन्ने स्थानमा पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध बनेको छ ।
यस्तै गुल्मी–रिडी–तम्घास सडकका साथै प्युठानका सडकहरू पनि अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।
निरन्तर पानी परेपछि तत्काल खुलाउन सक्ने अवस्था नरहेको प्रदेश ट्राफिक प्रहरी प्रमुख श्याम खत्रीले बताए ।
उनले पाल्पा–बुटवल सडक खुलाउने प्रयास रहे पनि पानी नरोकिएका कारण ढिलाइ भएको खुलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको बेरुजु घट्दो, बेथिति बढ्दो
-
विश्व पौडेलविरूद्धको रिट दरपीठ, इजलासमा जाने अधिवक्ताको तयारी
-
बालाजु क्षेत्र र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु
-
१० महिनामा वैदेशिक रोजगारसम्बन्धी ४ हजारभन्दा बढी उजुरी
-
१० महिनामा ६ लाख ८५ हजार नेपालीले लिए श्रम स्वीकृति
-
रवि र छविको मुद्दा हेर्दाहेर्दैमा, आइतबार अर्को पेसी