नख्खुमा हेलिकोप्टर उडाएर उद्धार गर्न सकिएन : गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नख्खुमा टहरामाथि बसेका मानिसहरूलाई भिजिबिलिटीका कारण हेलिकोप्टरमार्फत उद्धार गर्न नसकेको बताएका छन् । केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लेखकले भने, ‘नख्खु खोलामा केही मानिसहरू टहराको छतमा बसेको अवस्थामा हामीले कोसिस गर्दागर्दै पनि बचाउन सकेनौ । यसमा दुःख व्यक्त गर्न चाहन्छु । किनभने हेलिकोप्टर उडाएर रेस्क्यु गर्ने कुरामा भिजिबिलिटीका कारणले सकिएन ।’
उनले जमिनबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीले रेस्क्यु गर्ने क्रममा सशस्त्र प्रहरीकै मानिसहरूलाई समेत बगाएको र पछि उद्धार समेत गरिएको जानकारी दिए ।
मन्त्री लेखकले जोखिममा परेका सबै नागरिकको उद्दारलाई सरकारले प्राथमिकतामा राखेको बताए । नख्खु खोलामा आएको बाढीले शनिबार बिहान उद्दारको पखाईमा रहेका ३ जनालाई बाढीले बगाएको थियो । साथै मन्त्री लेखकले अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको र त्यसको जानकारी लिने क्रम जारी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण