उद्योगमन्त्रीद्वारा बाढीले बगाएको ग्यास बुलेटको निरीक्षण
काठमाडौं । अविरल वर्षाले च्यासल क्षेत्रमा ग्यासको बुलेट बगाएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आयल निगमका अधिकारीसहित स्थलगत निरीक्षण गरेका छन् ।
शनिबार दिउँसो साढे १२ बजेतिर च्यासल पुगेर उनले निरीक्षण गरेको आयल निगमको उपनिर्देशक मनोज ठाकुरले जानकारी दिए ।
‘ग्यासको बुलेट नै बगाएर स्थानीयलाई ठुलो क्षति हुन सक्ला की भनेर मन्त्रीज्यूसहितको टोलीले निरीक्षण गरेका छौँ’ उनले भने, ‘यो बुलेट ग्यास उद्योगको नभई टेम्पोमा रिफिलिङ गर्ने भ्याली अटो भन्ने कम्पनीको रहेको पुष्टि भएको छ ।’
१८ टन क्षमताको बुलेटमा ६ टन ग्यास रहेको अवस्थामा बाढीले बगाएको उनले जानकारी दिए । ‘बाढीले बगाउँदा बुलेटको ढक्कनबाट ग्यास उठिरहेको दृश्य देखिएको थियो । यसरी उडेर करिब ६ टन ग्यास नष्ट भएको प्रारम्भिक अनुमान छ’ ठाकुरले भने ।
च्यासलस्थित नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालय छेउमा खाली बुलेट अड्किएर बसेको छ । पानी मत्थर भएपछि प्रहरीको सहायतामा बुलेट झिकिने उनले जानकारी दिए ।
मन्त्री भण्डारीसँगै वाणिज्य तथा आपूर्ति सचिव गोविन्दबहादुर कार्की, आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट, नायब कार्यकारी निर्देशक वीरेन्द्र गोइतलगायतको टोलीले स्थलगत निरीक्षण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनको चोङकिङमा पहिरोमा परी ८ जनाको मृत्यु, ३४ जना बेपत्ता
-
विश्वकपको फाइनलअघि फर्केर हेर्दा : यी हुन् उत्कृष्ट १० खेल
-
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ
-
१०० रुपैयाँको राइड गर्दा सरकारलाई ६ रुपैयाँ कर
-
तुलसीपुर उपमहानगरकाद्वारा १५४ कानुन निर्माण
-
क्यानडाको डढेलो, अमेरिकामा धुवाँ : ट्रम्पद्वारा महसुल लगाउने धम्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण