राधिका कल्पितको कथा सङ्ग्रह ‘सम्मोहन’ सार्वजनिक
काठमाडौँ । नेपाली साहित्यमा तीन दशकदेखि सक्रिय लेखिका राधिका कल्पितको कथा सङ्ग्रह ‘सम्मोहन’ सार्वजनिक भएको छ। शुक्रबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमका बीच पुस्तक सार्वजनिक गरिएको हो।
कथाका विषयमा लेखकहरू श्यामल, बिन्दु शर्मा, र हेम भण्डारीले आफ्ना विचार प्रस्तुत गरे। कार्यक्रममा श्यामलले ‘सम्मोहन’ लाई सामाजिक र मनोवैज्ञानिक दृष्टिकोणबाट सशक्त र आशलाग्दो कृति भनेका थिए। उनले भने, ‘कथामा राजनीतिक प्रभाव नराखी सामाजिक यथार्थलाई सुन्दर तरिकाले प्रस्तुत गरिएको छ। पात्रहरूको मनोविज्ञानलाई मिहिन ढंगले चित्रण गरिएको छ।’
समालोचक बिन्दु शर्माले कथामा यथार्थ र अचेतनका दमित इच्छालाई सुन्दर तरिकाले प्रस्तुत गरिएको बताइन्। उनले ‘सम्मोहन’लाई आदर्शको मुकुण्डो लगाएका पात्रहरूको संवेदनामा आधारित, मनोवैज्ञानिक गहिराइ भएको कृति भनेर प्रशंसा गरिन्। पत्रकार हेम भण्डारीले कथाहरूले नेपाली समाजका पितृसत्तात्मक संरचनाको आलोचना गरेको र लैङ्गिक विभेदलाई उजागर गरेको बताए। उनले भने, ‘कथाहरूमा सामाजिक जटिलता र राज्यको उपस्थितिलाई मिहिन ढंगले प्रश्न गरिएको छ।’
यो कथा सङ्ग्रहमा लेखकले लैङ्गिक विभेद, सामाजिक विघटन, यौन मनोविज्ञान, र पितृसत्तात्मक चेतनालाई प्रमुख विषयवस्तु बनाउँदै कथा निर्माण गरेका छन्। कथाका पात्रहरूको विकास सजीव ढंगले गरिएको र लेखनमा कविता जस्तो भाषाको प्रयोग भएको टिप्पणीकारहरूको भनाइ थियो। कार्यक्रम गजलकार एवं कवि बाबु त्रिपाठीले सञ्चालन गरेका थिए । सङ्ग्रहको प्रकाशन इन्डिगो इन्क प्रालिले गरेको हो, र यसको मूल्य ४९९ रुपैयाँ राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण