बाढी र पहिरोका कारण फिल्म ‘सानो संसार’को प्रदर्शन स्थगित
काठमाडौंँ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘सानो संसार’को प्रदर्शन स्थगित गरिएको छ । बिहीबारबाट परेको अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन नराम्ररी प्रभावित भएकोले फिल्मको प्रदर्शन स्थगित गरिएको निर्माण पक्षले विज्ञप्तिमार्फत जनाएको हो ।
निर्माताद्धय अर्जुनकुमार र माधव वाग्लेले संयुक्त जारी विज्ञप्तिमा सहज वातावरण भएपछि फिल्मको पुनः प्रदर्शन गरिने बताइएको छ । निर्माताको निर्णय लगत्तै क्यूएफएक्स, आइएनआई लगायतका ठूला मल्टिप्लेक्स चेनले आइतबारको शोज क्यान्सिल गरेको छ ।
‘सानो संसार’ एउटा मध्यम वर्गीय परिवारको कथामा बनेको फिल्म हो । सिद्धार्थ पुडासैनीको निर्देशन रहेको फिल्ममा सीतादेवी तिमिल्सेना (कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ की श्रीमती), अनु दाहाल, राज पंगेनी शर्मा, अन्जसा रिजाल, शिशिर शिवाकोटी, सरिता भण्डारी, जीवन गौतम लगायतको अभिनय छ ।
निर्देशकदेखि कलाकार सबैको यो पहिलो फिल्म हो । ‘सानो संसार’को कार्यकारी निर्मातामा माधव वाग्ले हुन् । राजधानी मिडिया तथा प्रिन्सेस मुभिजको प्रस्तुतिमा तयार भएको फिल्ममा सरिष्मा खत्री र निर्देशक पुडासैनीको लेखन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
-
इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा
-
घोराहीमा ९ वर्षमा १९८ किलोमिटर सडक कालोपत्रे
-
बेल्जियम र इरान भिड्दै, दुवै टोली पहिलो जितको खोजीमा
-
८ आत्मघाती गोलसँगै दोस्रो स्थानमा २०२६ विश्वकप: रुसको कीर्तिमान तोडिने सङ्घारमा
-
१२ बजे १२ समाचार: रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनदेखि हाकिमका घर जोगाउन सिंहदरबारको जग्गामा बाटोसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण