बाढी र पहिरोका कारण फिल्म ‘सानो संसार’को प्रदर्शन स्थगित

काठमाडौंँ । शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘सानो संसार’को प्रदर्शन स्थगित गरिएको छ । बिहीबारबाट परेको अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन नराम्ररी प्रभावित भएकोले फिल्मको प्रदर्शन स्थगित गरिएको निर्माण पक्षले विज्ञप्तिमार्फत जनाएको हो ।
निर्माताद्धय अर्जुनकुमार र माधव वाग्लेले संयुक्त जारी विज्ञप्तिमा सहज वातावरण भएपछि फिल्मको पुनः प्रदर्शन गरिने बताइएको छ । निर्माताको निर्णय लगत्तै क्यूएफएक्स, आइएनआई लगायतका ठूला मल्टिप्लेक्स चेनले आइतबारको शोज क्यान्सिल गरेको छ ।
‘सानो संसार’ एउटा मध्यम वर्गीय परिवारको कथामा बनेको फिल्म हो । सिद्धार्थ पुडासैनीको निर्देशन रहेको फिल्ममा सीतादेवी तिमिल्सेना (कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ की श्रीमती), अनु दाहाल, राज पंगेनी शर्मा, अन्जसा रिजाल, शिशिर शिवाकोटी, सरिता भण्डारी, जीवन गौतम लगायतको अभिनय छ ।
निर्देशकदेखि कलाकार सबैको यो पहिलो फिल्म हो । ‘सानो संसार’को कार्यकारी निर्मातामा माधव वाग्ले हुन् । राजधानी मिडिया तथा प्रिन्सेस मुभिजको प्रस्तुतिमा तयार भएको फिल्ममा सरिष्मा खत्री र निर्देशक पुडासैनीको लेखन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा मार्च १ देखि जनगणना हुने
-
कलाकार गुरुङद्वारा कन्यादेवी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
-
संविधान संशोधनको प्रक्रिया सुरू गर्नुपर्यो : कोइराला
-
यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको अल्पकालीन आदेश
-
दलित समुदायको सशक्तीकरणका लागि पार्टीभित्रै जागरण ल्याउनुपर्छ : गगन थापा
-
त्रिभुवन विश्वविद्यालयमा भएको तोडफोडप्रति शिक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण