एभरेस्ट महिला भलिबल लिगको पहिलो संस्करण आजदेखि
काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना हुन लागेको वात्सल्य एभरेस्ट महिला भलिबल लिगको सोमबारदेखि सुरु हुँदैछ । प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा खेलाइने छ ।
प्रतियोगिता असोज १९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको पहिलो दिन तीनवटा खेल हुनेछ । उद्घाटन खेल काठमाडौँ स्पाइकर्स र ललितपुर क्विन्सबिच खेलिने छ । उक्त खेल दिउँसो १५ः४५ बजे सुरु हुनेछ । राष्ट्रिय महिला भलिबल टोलीकी प्रभावशाली खेलाडी उषा भण्डारी काठमाडौँ र सलिना श्रेष्ठ ललितपुरका मार्की खेलाडी हुन् ।
पहिलो दिन नै मधेस युनाइटेड र कर्णाली यश्विजबिच दोस्रो हुनेछ । मधेस र कर्णालीबिचको खेल १७ः४५ बजे सुरु हुनेछ । पहिलो दिनको तेस्रो खेल चितवन शक्ति र गण्डकी थन्डर्सबिच खेलिने छ । उक्त खेल १७ः४५ बजे सुरु हुनेछ ।
त्यसअघि प्रतियोगिताको भव्य उद्घाटन समारोह गरिने छ । महिला भलिबल लिगको पहिलो संस्करणमा ६ वटा टोलीको सहभागिता रहेको छ । सहभागी टोलीमा गण्डकी थन्डर्स, काठमाडौँ स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, कर्णाली यश्विज र मधेस युनाइटेड रहेका छन् ।
प्रतियोगिताको एक दिनअघि आइतबार सहभागी टोलीका कप्तान र प्रशिक्षकहरू ट्रफीसहित तस्बिर सार्वजनिक भएका थिए । प्रतियोगितामा सहभागी टोलीहरूले आफ्नो तयारी पुरा भएको जानकारी पनि दिएका छन् ।
प्रतियोगिताको फाइनल खेल असोज १९ गते खेलिने छ । फाइनल खेल साँझ ५ः३० बजे सुरु हुनेछ । सहभागी ६ वटै टोलीले राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने प्रावधान छ ।
प्रतियोगिता इन्फिनिटी ड्रिम्स प्रालिले प्रतियोगिता आयोजना गर्न लागेको हो । इन्फिनिटी ड्रिम्सले प्रतियोगिताका लागि नेपाल भलिबल संघसँग सात वर्षका लागि यसअघि नै सम्झौता गरिसकेको छ । लिग आयोजना गरेवापत इन्फिनिटीले संघलाई प्रत्येक वर्ष २५ लाख रुपैयाँ उपलब्ध गराउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण