वीपी राजमार्गको वैकल्पिक रुट पहिचान गर्ने सचिवहरुकाे बैठकको निर्णय
सोमबार, १४ असोज २०८१, १६ : ३३
काठमाडौँ । मनसुनजन्य विपद्का कारण क्षतिग्रस्त वीपी राजमार्ग सञ्चालनमा आउनुअघि सरकारले वैकल्पिक रुट पहिचान गर्ने भएको छ । सोमबार मुख्य सचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको विपद् व्यवस्थापन सम्बन्धी सचिवहरुकाे बैठकले सो निर्णय गरेको हो ।
काठमाडौँ–सिन्धुली–बर्दिबास सड्क खण्ड सञ्चालनमा आउनुअघि वैकल्पिक रुट पहिचान गरेर सार्वजनिक गर्न सचिवहरूको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई जिम्मेवारी दिएको छ । बैठकको निर्णयमा भनिएको छ, ‘वीपी राजमार्ग (काठमाडौँ–सिन्धुली–वर्दिबास) सञ्चालनमा नआउन्जेलका लागी वैकल्पिक रुट पहिचान गरी यथाशीघ्र सार्वजनिक गर्ने ।’
सचिव बैठकले पृथ्वी राजमार्ग र कान्ति राजपथ यथाशीघ्र सञ्चालन गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हरेक सोमबार चलचित्रको बक्स अफिस रिपोर्ट सार्वजनिक हुने
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण