मन्त्रीपरिषद् बैठक
बाढी पहिरोमा परेका मृतकका परिवारलाई दुई लाख दिने, प्रधानमन्त्रीले आज राहत प्याकेज घोषणा गर्ने
सोमबार, १४ असोज २०८१, २० : ५४
काठमाडौँ । सरकारले बाढी पहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले कार्यविधि अनुसार उक्त राहत रकम दिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
साथै प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) चार बजे प्रेसमिट गरेर राहतको अरु प्याकेज घोषणा गर्ने पनि निर्णय भएको छ । यसका साथै बैठकले राहतकोषमा एक अर्ब रकम अर्थ मन्त्रालयबाट उपलब्ध गराउने निर्णय पनि भएको छ । त्यसबाहेक प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब राहत कोषमा जम्मा गर्ने निर्णय भएको छ ।
बैठकमा प्रधानमन्त्रीले आफ्नो अमेरिका भ्रमणको ब्रिफिङ गर्दै भ्रमण सफल र फलदायी भएको जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदीसँगको ट्रम्पको आणविक सम्झौता ‘घाँडो’ बन्न सक्छ
-
आयुर्वेदिक सिल्भर वार्म थेरापी तेलको डुप्लिकेट उत्पादन बेचेको आरोपमा ५ जना पक्राउ
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण