मन्त्रिपरिषद् बैठक
बाढी पहिरोमा परी बेपत्ता रहेका परिवारलाई २ लाख दिने सरकारको निर्णय
सोमबार, १४ असोज २०८१, २१ : ०७
काठमाडौँ । सरकारले बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक विपदमा परी १० दिनसम्म बेपत्ता रहेका परिवारलाई २ लाख दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राकृतिक विपद्का कारण १० दिनसम्म बेपत्ता रहेका सदस्यलाई मृतककै रूपमा मानेर परिवारलाई २ लाख दिने निर्णय गरेको हो ।
यस्तै सरकारले ३ दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
यस्तै राष्ट्रिय झण्डा आधा झुकाउने पनि बैठकले निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण