जनमतका प्रदेश सांसदले एक दिनको तलब भत्ता बाढी पहिरो पीडितलाई दिने
राजविराज । मधेस प्रदेशसभामा रहेका जनमत पार्टीका सदस्यहरुले बाढीपहिरोबाट प्रभावितलाई एक दिनको तलब भत्ता बराबरको रकम दिने भएका छन् ।
जनमत पार्टीका तर्फबाट मधेस प्रदेशसभाका सदस्यहरुले राज्यबाट पाउने एक दिनको तलब भत्ता बापतको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको जनमत पार्टी मधेस प्रदेशका संसदीय दलका नेता महेशप्रसाद यादवले जानकारी दिए ।
उनले भने, “केही दिन अगाडि देशको विभिन्न भागमा बाढीपहिरोबाट भएका धनजनको क्षतिलाई मध्यनजर गरी पार्टीका प्रदेश सांसदहरुले एक दिनको तलब भत्ता पीडितलाई दिने निर्णय गरेका हौँ ।”
संसदीय दलका नेता यादवले सङ्घ सरकारले पूर्वतयारी नगरेकाले अधिकांश ठाउँमा बाढीपहिरोबाट मानिसले ज्यान गुमाउनुपरेको आरोप लगाए । उनले मृतकको आत्माको चिरशान्तिको कामना गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।
बाढीपहिरो जस्ता विपद्बाट पीडामा परेका परिवारलाई थोरै भए पनि सहयोग पुगोस् भनी आफूहरुले एक दिनको तलब भत्ता बरारबरको रकम सहयोग गर्ने निर्णय गरेको उनको भनाइ छ । पार्टीको बैठकले
बाढीपहिरो पीडितको उद्धार तथा राहत वितरणमा प्रदेशसभा सदस्य तथा जनमत पार्टीका स्थानीय नेता, कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इप्पानको विधान संशोधन सम्बन्धी विवाद समाधान: जेठ २९ गते अधिवेशन
-
११ उपमहानगरलाई ११ अर्ब ४८ करोड अनुदान, जनकपुरलाई सबैभन्दा धेरै, समानीकरणमा घोराही अगाडि
-
अपाङ्गता देखेर गाडीले रोकेन, अब निःशुल्क यात्रा गर्नेछन् कृष्णले
-
एमाले लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा रोका मगर, सचेतकमा लामिछाने
-
अबदेखि स्वास्थ्य मन्त्रालयमा एक जना मात्रै सचिव रहने
-
ओलीको नाम र तस्बिर दुरुपयोग गरी रास्वपाको सदस्य बनाइएपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण