एनआरएनए यूकेले बाढी पीडितलाई १५ लाख रुपैयाँ सहयोग गर्ने
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लगातार वर्षाका कारण देशका विभिन्न भागमा भएको बाढी, पहिरो र डुबानबाट प्रभावित नेपालीहरूलाई १५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
संघका अध्यक्ष हितकाजी गुरुङको अध्यक्षतामा सोमबार साँझ बसेको आकस्मिक बैठकले नेपालका बाढी पीडितहरूको लागि सो सहयोग गर्ने निर्णय गरेको हो ।
संघले पहिलो चरणमा १० लाख रुपैयाँ तत्काल उपलब्ध गराउने र बाँकी ५ लाख पछि थप गर्दै जाने निर्णय समेत गरेको छ । संघका महासचिव गोविन्द खरेलले सञ्चालन गरेको बैठकले उपाध्यक्ष सुरेश परियारको संयोजकत्वमा आर्थिक सङ्कलन समिति गठन गरेको छ ।
बैठकमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिमखडा, युरोप क्षेत्रीय उपसंयोजक महेश अधिकारी, आइसीसी सदस्यहरू चिरन शर्मा, विष्णु चालिसे, दिलराज गुरुङ, गैरआवासीय नेपाली संघ यूकेका पदाधिकारी तथा सदस्यहरू, स्कटल्याण्ड राज्य परिषद्का अध्यक्ष दिवाकार पाण्डे, इंल्याण्ड राज्य परिषद्का अध्यक्ष शम्भु अर्याल समेतको उपस्थिति थियो ।
यसअघि गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको अध्यक्षतामा सोमवार बसेको अन्तर्राष्ट्रिय परिषद्को बैठकले राष्ट्रिय समितिहरूलाई राहत वितरणमा सक्रिय हुन अनुरोध गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण