शांघाईमा अन्धाधुन्ध चक्कु प्रहार : ३ जनाको मृत्यु, १५ घाइते
शांघाई । चीनको शांघाईस्थित वालमार्ट सुपरमार्केटमा सोमबार राति एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गर्दा ३ जनाको मृत्यु भएको छ अन्य १५ जना घाइते भएका छन् ।
चिनियाँ प्रहरीले लिन नाम गरेका ३७ वर्षीय पुरुषलाई घटनास्थलबाट पक्राउ गरेको छ । उनी ‘व्यक्तिगत आर्थिक विवादको रिस पोख्न’ शांघाई आएको प्रहरीले जानकारी दिएको छ । यसमा विषयमा थप अनुसन्धान भइरहेको छ ।
यो घटना सहरको दक्षिण पश्चिम सोङजियाङ जिल्लामा भएको हो । यो क्षेत्रमा विभिन्न विश्व विद्यालयहरू रहेका छन् । चक्कु प्रहार भएर घाइते भएका तीन जनाको स्थानीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । घाइते अन्यको अवस्था भने ‘खतरामुक्त’ रहेको पनि जानकारी दिइएको छ ।
चीनमा व्यक्तिगत हतियार राख्न पाइँदैन । तर, पछिल्लो समय देशमा चक्कु प्रहारका घटना बढ्दै गएका छन् । गत महिना दक्षिण चीनमा एक १० वर्षीय जापानी विद्यार्थीको चक्कु प्रहार गरी हत्या गरिएको थियो ।
गत जुनमा उत्तरपूर्वी जिलिन सहरमा चार जना अमेरिकीमाथि पार्कमा चक्कु प्रहार भएको थियो । त्यस्तै, मे महिनामा युनान प्रान्तमा एक व्यक्तिले अस्पतालमा अन्धाधुन्ध चक्कु प्रहार गरेर दुई जनाको हत्या गर्नुका साथै २१ जनालाई घाइते बनाएका थिए ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण