विपद्का बेला प्रधानमन्त्री र केही मन्त्रीका अभिव्यक्ति आपत्तिजनक: लिङ्देन
मङ्गलबार, १५ असोज २०८१, १२ : ४४
काठमाडौँ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विपद्को बेला प्रधानमन्त्री र केही मन्त्रीका अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत लिङ्देनले विपद्बाट हुने क्षति न्यूनीकरणमा सरकार फेल भएको उनको टिप्पणी गरेका छन् ।
मौसमविद्को रेडअलर्डबाट विपद्लाई पुरै रोक्न नसकिएपनि क्षति न्यून गर्न भने सकिने अवस्था हुँदाहुँदै पनि सरकार चुकेको लिङ्देनको आरोप छ ,।
‘मौसमविद्को रेडअलर्डबाट विपद्लाई पुरै रोक्न त सकिँदैन थियो नै । तर क्षति न्यून गर्न भने अवश्य सकिन्थ्यो। सरकार चुकेकै हो फेल भएकै हो’, उनको भनाइ छ, ‘यो विपद्को बेला प्रधानमन्त्री र केही मन्त्रीका अभिव्यक्ति झन् आपत्तिजनक छन्।’
अविरल वर्षासँगैको बाढी पहिरोबाट देशभर २१७ जनाको मृत्यु भएको छ भने अझै कैयन बेपत्ता छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण