मधेस प्रदेशमा चाडपर्व सुरक्षा योजना लागु, तस्करी रोक्न ८६ वटा टोली परिचालन
काठमाडौँ । मधेस प्रदेशका ८ जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना लागु गरिएको छ । दसैँ, तिहार र छठ पर्वमा मधेसमा ६ हजार ३९४ जनशक्ति परिचालित गरिने मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुवास चन्द्र बोहराले रातोपाटीलाई बताए ।
चाडपर्वमा हुनसक्ने सम्भावित अपराध नियन्त्रण गर्न प्रहरीले नेपाल–भारत सीमा नाकामा तालिम प्राप्त कुकुर र ड्रोन क्यामेराको प्रयोग गर्ने भएको छ । सीमाबाट हुनसक्ने तस्करी नियन्त्रण गर्न ८६ वटा टिम बनाएर परिचालन गरिने प्रहरी उपरीक्षक बोहराले जानकारी दिए । उनले भने, ‘असोज १५ बाट कार्तिक २५ सम्म सुरक्षा योजना लागु गरिएको छ ।’
प्रदेश प्रहरी कार्यालय जनकपुरमा एउटा र ८ वटा जिल्लामा एक–एक वटा कमान्ड पोस्ट स्थापना गरिएको छ । यात्रुलाई सहजीकरण गर्न पर्सा देखी सप्तरीसम्म ५३ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । योजना अनुसार २१ वटा रिजर्भ टोली ‘स्ट्याडबाई’ राखिएको छ । अपराधजन्य गतिविधिको सूचना सङ्कलन गर्न सादा पोसाकमा ३२ टोली परिचालन गर्ने प्रहरीको योजना छ ।
लामो दुरीको सवारी साधन चेकजाँचका लागी १८ वटा टिम परिचालन गरिएको एसपी बोहराले बताए । उनले भने, ‘मापसे चेकजाँच गर्न ३८ वटा टोली परिचालन गर्नेगरी योजना लागु गरेका छौँ ।’
मधेस प्रदेश प्रहरी कार्यालयले चाडपर्व केन्द्रीय सुरक्षामा कर्डन एण्ड सर्च अपरेशन सञ्चालन गर्न ११ वटा टिम र तराईका १४ ठाउँमा एम्बुसिङ गर्नेगरी सुरक्षा योजना लागु गरेको छ ।
धर्ना जुलुस हुनसक्ने आकलन गरेर मधेस प्रदेश प्रहरीले १८ वटा टिम परिचालन गर्न भएको छ । अन्य ४७ वटा सुरक्षाकर्मीको टिम परिचाल गर्नेगरी योजना लागु गरिएको छ ।
योजना अनुसार परिचालित जनशक्तिको कामकारबाही अनुगमन गरिने एसपी बोहराले बताए । उनले भने, ‘अनुगमनका लागी प्रदेश स्तरमा एउटा र जिल्ला तहमा एक–एक वटा टिम बनाउने निर्णय गरेका छौँ ।’
दसैँ–तिहार र छठ पर्व अवधिभर ४८ वटा मोटरसाइकलमा ‘क्विक रेस्पोन्स टिम’ परिचालन गर्ने निर्णय गरिएको छ । ट्राफिक प्रहरी र स्थानीय प्रहरीले ११६ ठाउँमा संयुक्त चेकजाँच गर्नेछन् । एसपी बोहरा भन्छन्, ‘१९ वटा स्ट्राइकिङ टिम बनाएका छौँ ।’
चाडपर्व सुरक्षाका लागी १२६ वटा टोलीले मोबाइल पेट्रोल र २१२ टोलीले पैदल मार्फत पेट्रोलिङ गर्नेछन् । तराईका ८ जिल्लामा ३२५ ठाउँमा पिकेट ड्युटी राखिएको छ ।
राजमार्गमा हुनसक्ने चोरी र डकैती नियन्त्रणका लागी हाइवे स्कर्टिङ गर्न २६ वटा टिम परिचालन गरिएको छ । जुवातास नियन्त्रण, धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षा र आर्थिक कारोबार हुने स्थानको सुरक्षामा आवश्यक फौज परिचालन गरिएको एसपी बोहराले जानकारी दिए । बजार अनुगमनका लागी पनि मधेस प्रदेश प्रहरी कार्यालयले टिम बनाएर परिचालन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली र महेन्द्र राजमार्ग स्तरोन्नतिका लागि ठेक्का आह्वान
-
गैरकानुनी आयुर्वेद औषधि उत्पादन, बिक्री वितरण र भ्रामक विज्ञापन रोक्न अपिल
-
सलमान खानको रहस्यमयी पोस्ट भाइरल
-
नेपालगञ्जमा एकै दिन छ शालिक अनावरण
-
बागमती करिडोरका सडक जीर्ण : स्थानीयलाई दैनिक सास्ती
-
खोपसम्बन्धी अन्तर्राष्ट्रिय साझेदार संस्था गाभीले नेपालसँग रकम फिर्ता नमाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण