काठमाडौँ महानगरले विद्यार्थीको नतिजा सुधारका लागि एसईई सहायता शिविर सञ्चालन गर्दै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यार्थीको नतिजा सुधारका लागि माध्यमिक शिक्षा परीक्षा (एसईई) सहायता शिविर सञ्चालन गर्ने भएको छ । चालु आर्थिक वर्षमा गौरवको योजना अन्तर्गत गरिखाने शिक्षा, महानगरको इच्छा कार्यक्रमअन्तर्गत विद्यार्थीको नतिजा सुधार कार्यक्रम गर्न लागेको हो ।
दसैँ तिहारको बिचमा र जाडो बिदामा महानगरभित्रका ८ वटा स्रोत विद्यालयहरूमा एसईई सहायता शिविर सञ्चालन गर्न लागेको हो ।
यसका लागि स्रोत केन्द्रका स्रोत शिक्षकहरूसँग समन्वय गरेर आगामी कात्तिक ४ गतेदेखि १३ गतेसम्म कक्षा १० का विद्यार्थीलाई उक्त शिविरमा सहभागी गराउन अनुरोध गरेको छ ।
सम्बन्धित स्रोत केन्द्र विद्यालयको हकमा सम्बन्धित स्रोत शिक्षकले शिविरको अगुवाइ गर्नुका साथै अन्य विद्यालय केन्द्रको हकमा प्रधानाध्यापकले अगुवाइ गर्नुपर्ने महानगरले जनाएको छ ।
उक्त शिविरमा कम्तीमा १५० जना विद्यार्थी सहभागी हुनुपर्नेछ । शिविरमा गणित, सामाजिक अध्यापन गर्न तथा प्रयोगात्मक सिकाइका लागि स्टिम (एसटीईएम) को आधारमा अभ्यास गराउन सक्ने महानगरले जनाएको छ ।
विषयतग शिक्षकको व्यवस्थापन सम्बन्धित केन्द्रको अगुवाइकर्ताले गर्नेछ । उक्त शिविरमा लिट्रेचर, फाइन एण्ड भिजुअल आर्ट, पर्फमेन्स आर्ट एण्ड डिजिटल आर्टसम्बन्धित क्रियाकलापहरू समेत सञ्चालन गरिने महानरले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन वृद्धि
-
उत्तर कोरियाली विदेशमन्त्री रूस भ्रमणमा
-
राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड
-
६१८ थान सोनारी डाई र भारतीय कारसहित दुई जना पक्राउ
-
मल्ल के. सुन्दरको ‘सेप्टेम्बर १७’ सार्वजनिक
-
विद्युत् खपत बढाउन नीतिगत एवं प्राविधिक तयारी गरिरहेका छौँ : ऊर्जामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण