विकास साझेदार निकायसँग श्रममन्त्रीको छलफल
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न विकास साझेदार निकायसँग छलफल गरेको छ । वल्र्ड बैंक, युएसआईडी, हेल्भेटास, आईएलओ, आईओएम, स्वीसकन्ट्याक्ट लगायतसँग छलफल गरेको हो ।
छलफलको क्रममा मन्त्री शरतसिंह भण्डारीले रोजगार सेवा केन्द्र सम्बन्धमा मन्त्रालयको सोच, रोजगार सेवा केन्द्रको भूमिका तथा जिम्मेवारीका विषयमा जानकारी गराएका थिए ।
रोजगार सेवा केन्द्र मार्फत एकीकृत श्रम र रोजगारमूलक सेवा प्रवाह, आन्तरिक रोजगारी प्रवद्र्धन साथै आप्रवासन तथा पुनःआप्रवासन व्यवस्थापन कार्यक्रम कसरी अगाडि बढाउन सकिने भन्ने विषयमा मन्त्रालयले गर्दै आएको कामका विषयमा जानकारी गराएका थिए । मन्त्रालयले गर्दै आएको उक्त कार्यबारेमा विकास साझेदारहरूको सुझाव समेत माग गरिएको थियो ।
छलफलको क्रममा विकास साझेदारहरूको तर्फबाट आगामी दिनमा मन्त्रालयसँग समन्वय र सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता जनाएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण