विपद्बाट ज्यान गुमाएकाका परिवारलाई राहत रकम वितरण
काठमाडौँ । यही असोज ११ र १२ गते आएको बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपद्मा परेर ज्यान गुमाएकाका परिवारलाई राहत रकम हस्तान्तरण गर्न थालिएको छ । यसैअन्तर्गत काठमाडौँ, ललितपुर र भक्तपुरका प्रभावित विभिन्न स्थानीय तहमा मृतकका परिवारलाई उक्त राहत रकम हस्तान्तरण गरिएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले आज यहाँ विपद्बाट ज्यान गुमाएकाका परिवारका नौजनालाई उहााहरुको घरमै पुगेर जनही दुई लाखका दरले रकम हस्तान्तरण गरे । मृतकका परिवारलाई जनही दुई लाखमा दरले १६ लाख तथा घर भत्किएकाका परिवारलाई जनही एक लाख रकम हस्तान्तरण गरिएको उनले बताए ।
प्रजिअ आचार्यका अनुसार काठमाडौँको दक्षिणकाली र चन्द्रागिरि नगरपालिकाका दुई दुई तथा नागार्जुन नगरपालिकाका पाँच परिवारलाई राहत रकम हस्तान्तरण गरिएको हो ।
त्यसैगरी ललितपुरका दुई स्थानीय तहमा विपद्बाट ज्यान गुमाएकाका सात परिवारलाई राहत रकम प्रदान गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले जानकारी दिए । ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाका सात परिवारलाई गरी १३ लाख घरमै पुगेर वितरण गरिएको उनले बताए ।
'राहत रकम पीडितको घरमै गएर वितरण गर्न थालेका छौँ,' प्रजिअ श्रेष्ठले भने, 'विपद्बाट प्रभावितलाई सुरक्षित स्थानमा राखेर गासवासको व्यवस्था मिलाइएको छ ।'
भक्तपुरमा पनि विपद्मा परी ज्यान गुमाएकाका चार परिवारलाई राहत रकम हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जानकारी दिए । चार परिवारलाई रु तीन लाख ३० हजार रकम उपलब्ध गराइएको उनले बताए । विपद्बाट प्रभावित अन्य जिल्लामा पनि राहत रकम वितरणको तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ ।
गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो, डुबानलगायत प्राकृतिक विपद्बाट प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग नियमितरुपमा टेलिफोन सम्पर्क गरी जानकारी लिइरहनुभएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद केपी खनालको ‘एमपी छात्रवृत्ति कार्यक्रम–२०८३’, प्रक्रियामाथि उठ्यो प्रश्न
-
फेवातालबाट दुई भारतीय नागरिकको सकुशल उद्धार
-
ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन : अध्यक्ष बानियाँ
-
चारै खेल बराबरीमा टुंगिए, केप भर्डेका गोलकिपर किन भए भावुक ? | Worldcup Football - 2026
-
नागढुंगा–मुग्लिन सडकमा पोल सार्ने काममा किन भइरहेको छ ढिलाइ ?
-
साउदी जाने श्रमिकलाई अब सीप परीक्षण अनिवार्य, थपियो १५ हजार रुपैयाँ आर्थिक भार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण