स्वास्थ्य सेवा सुधार्न सामुदायिक अस्पतालसँग सहकार्य गर्नुपर्छ : मुख्यमन्त्री आचार्य
कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य सेवा सुधार गर्न प्रदेश सरकारले सामुदायिक अस्पताल तथा स्वास्थ्य संस्थाहरूसँग सहकार्य गर्ने बताएका छन् । कपिलवस्तुमा सामुदायिक डायलिसिस सेन्टरको आज उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले सामुदायिक अस्पतालहरूसँग सहकार्य गर्ने बताएका हुन् ।
उनले नीतिगत सुधार गरेर हुन्छ कि कार्यविधि निर्माण गरेर हुन्छ प्रदेश सरकार सामुदायिक अस्पतालहरूसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारे । लुम्बिनी प्रदेशभित्र मातृ शिशु मृत्युदर, बाल मृत्युदर, कुपोषणको अवस्था उच्च रहेको भन्दै सुधारका लागि समुदायसँग सहकार्य गर्नुपर्ने उनको भनाइ छ ।
कपिलवस्तुको बाणगंगा–१ मा डायलिसिस सेन्टरले मिर्गौला फेल भएका बिरामीहरूलाई डायलिसिस सेवा प्रदान गर्ने छ। रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुको सहयोगमा उक्त सेन्टर सञ्चालनमा ल्याइएको हो । मिर्गौला फेल भएका बिरामीहरू यसअघि डायलिसिस सेवा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो ।
निर्माण भएको सो सेन्टरमा दश वटा डायलिसिस मेसिन राखिएको छ भने दैनिक ६० जना बिरामीलाई सेवा पुर्याउन सक्ने क्षमता रहेको छ । पाँच करोडको लागतमा डायलिसिस सेन्टर स्थापना गरिएको गौतम बुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण