अमेरिका छिर्न खोज्ने आप्रवासीमाथि मेक्सिकन सेनाले चलायो गोली, नेपाली पनि परेको आशङ्का
मेक्सिको सिटी । मेक्सिकोमा सेनाले चलाएको गोली लागेर ६ जना आप्रवासीको मृत्यु भएको छ । अमेरिका प्रवेश गर्ने योजनासहित देशको दक्षिणी भेगमा ३३ जना आप्रवासी बोकेर गएको गाडीमाथि सेनाले गोली चलाएको थियो । सो घटनामा नेपाली समेत परेको आशङ्का गरिएपनि औपचारिक पुष्टि भने भएको छैन ।
रक्षा मन्त्रालयको विज्ञप्तिअनुसार सो गाडीमा इजिप्ट, नेपाल, क्युबा, भारत र पाकिस्तानका आप्रवासीहरू थिए । मन्त्रालयले मृतकहरूको थप विवरण भने दिएको छैन ।
मेक्सिकोको रक्षा मन्त्रालयले बताएअनुसार यस घटनामा अरू १० जना आप्रवासी घाइते भएका छन् । यो घटना मङ्गलवार साँझ ग्वाटेमालाको सीमाबाट उत्तरमा झन्डै २५ माइल परको हो । सेनाको गस्तीको क्रममा आप्रवासीहरूलाई बोकेको पिक–अप गाडी उच्च गतिमा गइरहेको देखे । गाडीलाई रोक्न खोज्दा नरोकीकन भागेपछि सेनाका केही जवानले गोली चलाएका थिए । यो घटनाको अनुसन्धान भइरहेको बीबीसीले जनाएको छ ।
अनुसन्धान जारी रहँदासम्म गोली चलाउने सेनाहरूलाई निलम्बन गरिएको छ । पछिल्लो समय मेक्सिकोको सीमाबाट अमेरिका छिर्नेको सङ्ख्या बढ्दो छ ।
यस्तोमा अमेरिकाले मेक्सिकोमाथि अवैध आप्रवासीमा रोक लगाउन दबाब बढाइरहेको छ । सेनाको चेकप्वान्टमा सो गाडी नरोकिएपछि सेनाहरूले गाडीको पिछा गरेको प्रहरीको उजुरीमा उल्लेख छ ।
चार जनाको घटनास्थलमै मृत्यु भएको थियो । घाइते १२ जना मध्ये २ जनाको अस्पतालमा मृत्यु भएको हो । मन्त्रालयले घाइतेहरू राष्ट्रियता पनि खुलाएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण