यस्तो छ देशभरका सडकको अवस्था
काठमाडौँ । प्रहरीले उपत्यकाकासहित देशभरका सडकको अवस्थाबारे जानकारी गराएको छ । प्रहरीले बिहीबार साँझ ५ बजेसम्मको सडक यातायातको अवस्थाबारे जानकारी गराएको हो ।
प्रहरीका अनुसार काठमाडौँको नागस्थानबाट न्युरोडगेट हुँदै महांकालतर्फ जाने सवारी साधन क्युमा चलिरहेका छन् । किनमेलका लागि आएका मानिसहरूको भिडभाडका कारण क्युको अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आवागमनको व्यवस्थापनका लागि ट्याक्सी र सामान बोक्ने सवारी साधनलाई न्युरोड गेटबाट जुद्दशालिकतर्फ जान दिइएको छैन । सवारी साधनको सङ्ख्या बढेकाले चाबहिल हुँदै चल्ने सवारी साधन पनि क्युमा चलिरहेका छन् ।
ललितपुरको नख्खुडोल पुल हुँदै चल्ने सवारी साधन बिहीबार पनि चल्न नसकेको प्रहरीले जनाएको छ । पुल नजिकै सडक भासिएका कारण सवारी साधन प्रभावित भएका हुन् ।
प्रहरीका अनुसार काठमाडौँ उपत्यकाको अन्य स्थानको सवारी आवागमन सामान्य रहेको छ । विभिन्न स्थानमा खसेको पहिरोको कारण बीपी राजमार्ग, फर्पिङ र कान्तीलोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि चल्न नसकेको प्रहरीले जनाएको छ । अन्य नाकाको सवारी आवागमन भने सामान्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
-
पहाडी क्षेत्रका स-साना खोलामा आकस्मिक बाढीको सम्भावना
-
पोखरामा ध्वनि प्रदूषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ७७३ सवारी साधन कारबाहीमा
-
५ वर्षभित्र जीडीपीमा निर्यातको हिस्सा २० प्रतिशत पुग्ला ?
-
७ लाख ५० हजार घुससहित सिँचाइ कार्यालय सर्लाहीका डिभिजन प्रमुख र अधिकृत पक्राउ
-
शाे बढाउँदै चलचित्र ‘गौँथली’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण