रात्रिकालीन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडि बढेको छ : मन्त्री दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले असोज ११ र १२ गते सरकारको पूर्वसूचना विपरीत यातायातका साधन सञ्चालन गरिएको भन्दै यस सम्बन्धमा छानबिन भइरहेको बताएका छन् । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दागर्दै रात्रिकालीन बस चलाइएको भन्दै सो विषय खोजीको विषय भएको बताएका हुन् ।
मन्त्री दाहालले विपद् भएका ठाउँमा सम्बन्धित प्रहरी निकायहरूले बस नरोकेको भन्दै त्यस सन्दर्भमा कारबाहीको प्रक्रिया अगाडि बढेको बताए । उनले वैकल्पिक राजमार्गबाट यात्रुहरूलाई काठमाडौँ बाहिर जानुपर्दा यातायात व्यवसायीले केही रकम बढी लिनु स्वाभाविक भएको भन्दै अत्यधिक भाडा बढाएमा भने अनुगमन हुने बताए ।
उनले भने, ‘सिधा बाटोको साटो अलिकति घुमाएर लाँदा थोरै शुल्क बढायो भने त त्यसलाई आँखा चिम्लिन सकिन्छ तर अत्यधिक बढायो भने त्यसको अनुगमन गर्नैपर्छ । नियमित भाडाभन्दा बढी भयो भने त्यसको अनुगमन गर्नका लागि हामीले अनुगमन संयन्त्र पनि बनाएका छौँ । नेपाल प्रहरी र यातायात व्यवस्था विभागले समन्वय गरेर काम गरिरहेको अवस्था छ ।’
मन्त्री दाहालले अवरुद्ध सडक सञ्जाल सञ्चालन गर्न प्रयास भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण