डुबानमा परेको राजदेवी मन्दिरको पानी निकालियो
जलेश्वर । बाढीले डुबानमा पारेको महोत्तरीको जलेश्वर नगपालिका–२ मा अवस्थित राजदेवी मन्दिरको पानी आज निकालिएको छ । अविरल वर्षापछि एक साताअघि आएको बाढीको पानीले राजदेवीको गर्भगृहमा चार फिट पानी जमेको तथा सोही कारण बडा दसैंको घटस्थापनाको दिन माताको प्रतिमाको अगाडि जमरा पनि राख्न नसकिएपछि आज एका बिहानैदेखि सम्बन्धित सरोकारवाला मिलेर मन्दिरबाट पानी निकालेका हुन् ।
राजदेवी मन्दिरका पूजारी रामपृत गिरीका अनुसार बाढीको पानीले मन्दिरको गर्भगृह डुबाउनुका साथै प्रतिमा पनि डुबानमा पारेको थियो भने मन्दिर बाहिरका भूभाग पनि जलमग्न बनाएको कारण बडा दसैंको सम्पूर्ण पूजाआजा प्रभावित भएको थियो । पूजारी गिरीले मन्दिर र गुफा दुवै डुबानमा रहेकै कारण मन्दिरको पछाडिपट्टी रहेको खाली भूभागमा पूजा अर्चना गरी राजदेवीको नाउँमा जमरा राखिएको बताए ।
जलेश्वर नगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, पूजा समिति, स्थानीय नागरिक समाजलगायत निकायका व्यक्तिले मिलेर आज मन्दिरबाट बाढीको पानी निकालेर सरसफाइ गरी पूजाआजालाई निरन्तरता दिइएको छ ।
नगरप्रमुख सुरेश साह सोनारको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, सफाइकर्मी र स्थानीय बासिन्दाको सहयोगमा दमकल सहितका उपकरण लगाएर मन्दिरको पानी निकालिएको छ । सो मन्दिर जलेश्वरको सबैभन्दा होचो ठाउँमा रहेका कारण आज बाढी गइसकेको चार÷पाँच दिन भइसक्दा पनि बाहिरी पानीको सतह कम नभएकाले मन्दिरको पानी पनि निस्कन नसकेको र सोही कारण बडादसैंको पूजाआजा पनि प्रभावित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण