शनिबार कहाँ-कहाँ छ सडकमा अवरोध ?
काठमाडौँ । ट्राफिक प्रहरीका अनुसार ललितपुरको नख्खुडोल पुल हुँदै चल्ने सवारी साधन आज पनि चल्न सकेका छैनन् । पुल नजिकै सडक भासिएका कारण सवारी साधन प्रभावित भएका हुन् ।
ललितपुरकै एकान्तकुनाबाट महालक्ष्मीस्थान तर्फ सर्भिस लेन भएर आउने सवारी साधनलाई मुख्य लेनबाट पठाइएको छ । सडकमा खाल्डो परेकाले उक्त स्थानमा सवारी साधनलाई मुख्य लेनबाट पठाइएको हो । यसबाहेक काठमाडौँ उपत्यकाको अन्य स्थानको सवारी आवागमन भने सामान्य रहेको छ ।
नदी तथा खोलाले सडक कटान गरेका कारण बीपी राजमार्ग तथा विभिन्न स्थानमा खसेको पहिरो पन्छाउन कार्य भइरहेकाले फर्पिङ र कान्ति लोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि चल्न सकेका छैनन् ।
यसबाहेक अन्य नाकाको सवारी आवागमन भने सामान्य रहेको ट्राफिक कन्ट्रोल रुमले जानकारी दिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पश्चिमको बर्दघाट नगरपालिका ४ दाउन्ने स्थित खोर्सानी खोलामा सडक भासिएकाले सवारी आवागमन प्रभावित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरानका आक्रमण थप आक्रामक, दबाबमा अमेरिका
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण