दाङ र झापामा बालिकामाथि जबरजस्ती करणी
काठमाडौँ । दाङ र झापा जिल्लामा बालिकामाथि जबरजस्ती करणी भएको छ । प्रहरीले छुट्टाछुट्टै घटनामा दुई जनालाई पक्राउ गरेको छ ।
दाङमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा राजपुर गाउँपालिका-२ बेला बस्ने ४० वर्षीय धर्मराज यादवलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । यादवले ती बालिकालाई ललाई फकाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यता झापाको १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१ बस्ने २१ वर्षीय दिक्छेन तामाङलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । तामाङले ती बालिकालाई गत असोज १४ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट मुद्दामा फास्ट ट्र्याक अदालत बनाउने मोदीको घोषणा
-
‘बाँदर हेरालु’का लागि दरखास्त आह्वान, मासिक तलब साढे १२ हजार
-
नामिबियासँगको हार भुलाउने दाउमा नेपाल, आज नेदरल्यान्ड्सको कडा चुनौती
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण