अष्ट्रेलियामा बक्स अफिसमै रिलिज हुँदै ‘छक्का पन्जा– ५’
काठमाडौंँ । फूलपातीको अवसर पारेर स्वदेशमा रिलिज हुन लागेको फिल्म ‘छक्का पन्जा ५’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने भएको छ । यो फिल्म अष्ट्रेलियामा बक्स अफिस अन्तर्गत ५० बढी हलमा रिलिज हुने भएको हो । फिल्मको यसअघिका सिक्वेल भने हल भाडा लिएर प्रदर्शन भएको थियो ।
फिल्मको अष्ट्रेलिया प्रदर्शनको व्यवस्था नमस्ते इन्टरटेवमेन्टले गरेको हो । नमस्तेले यसअघि अनमोल केसी अभिनित फिल्म ‘फर्की फर्की’ पनि बक्स अफिसमा रिलिज गरेको थियो । अष्ट्रेलियामा रहेका नेपालीको सहजता र सुझाबलाई ध्यानमा राखेर ‘छक्का पन्जा – ५’ बक्स अफिस रिलिज गर्न लागिएको नमस्ते इन्टरटेनमेन्टमा देव कार्कीले बताए ।
फिल्म रिलिजका लागि नमस्ते इन्टरटेनमेन्टसँग रगडेल ब्वायज, ग्रिस इन्टरटेनमेन्टले सहकार्य गरेका छन् । विदेशी फिल्म प्रदर्शन इभेन्ट सिनेमाज, होयट्स, भिलेज सिनेमाज ,रिडिंग सिनेमाज र स्टेट सिनेमाज लगायत अष्ट्रेलियाका महँगा र सुबिधा सम्पन्न हलमा यो फिल्म प्रदर्शन हुनेछ ।
‘छक्का पन्जा– ५’ दीपाश्री निरौले निर्देशन गरेकी हुन् । फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा शिवाकोटी, मेक्सम गौडेल, राजाराम पौडेल, रमेश बुढाथोकी लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण