चोरी भएका स्कुटर र मोटरसाइकल धनीलाई हस्तान्तरण
आइतबार, २० असोज २०८१, १४ : ०२
काठमाडौँ । काठमाडौँ उपत्यकाबाट चोरी भएका स्कुटर र मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । विभिन्न समयमा हराएका २६ वटा दुइपांग्रे सवारी सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीआईजी भरत बहादुर बोहराले १६ वटा मोटरसाइकल र १० वटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन् । चोरी भएका ती सवारी साधन ट्राफिक प्रहरीले काँडाघारी, सानोथिमी, नरेफाँट, बालकुमारी, भिमसेनगोला, गौरीघाट, महाराजगन्ज, बुढानीलकण्ठ, नेपालटार, ठमेल र कलंकीबाट फेला पारको थियो ।
साउन महिनायता चोरी भएका १४१ वटा दुईपांग्रे सवारी अनुसन्धानबाट पत्ता लगाएर धनीलाई हस्तान्तरण गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण