पशुपतिस्थित धर्मशालाको व्यवस्थापन कोषले नै गर्ने निर्णय
काठमाडौँ । लामो समयदेखि मारवाडी सेवा समितिले सस्तो भाडामा लिएर एकलौटी रूपमा सञ्चालन गर्दै आएको आरोप लागेको पशुपति धर्मशालाको व्यवस्थापन पशुपति क्षेत्र विकास कोषले नै गर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री बद्री पाण्डेको अध्यक्षतामा पशुपति विकास कोष सञ्चालक परिषद्को आइतबार बसेको बैठकले आवश्यकताअनुसार अन्य सम्बन्धित निकायसँग समन्वय गरी व्यवस्थापन गर्न निर्देशन दिने निर्णय गरेको हो ।
परिषद्का सदस्य काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह समेतको उपस्थिति रहेको सो बैठकमा धर्मशालाको व्यवस्थापन गर्ने अधिकार कोषलाई नै निहित भएको भन्दै आवश्यकताअनुसार अन्य निकायसँग पनि समन्वय गर्न सक्नेगरी बाटो खुला गरिदिएको छ ।
मारवाडी सेवा समितिले यसअघिको करार बदर गरी पाउँ भनी काठमाडौँ जिल्ला अदालतमा पशुपति विकास कोष विरुद्ध दायर मुद्दामा असोज १६ गतेको फैसलामा समितिको दाबी नपुग्ने ठहर गरेपछि परिषद्ले सो निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिपक्षलाई पेलेर अघि बढ्ने सरकार टिक्दैन: महासेठ
-
‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य
-
प्रदेशमा प्रतिपक्षविहीन संसद् बनाउने अभ्यास लोकतान्त्रिक मूल्यमान्यता अनुकूल हुन्न : गगन थापा
-
पदबाट हट्न सहमत भए हंगेरीका राष्ट्रपति तमास शुल्योक
-
‘जदौ’ को शीर्ष गीत `जदौ हजुरमा´सार्वजनिक
-
‘गौँथली’मा दर्शक बढेपछि हलले बढायो शाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण