रोहिणी गाउँपालिकामा लालपुर्जा वितरण

बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकामा ४५० थान जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण गरिएको छ । रोहिणी गाउँपालिका र नापी कार्यालयले एक कार्यक्रम आयोजना गरी आइतबार जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । यसरी वितरण गरिएको गाउँ ब्लक जग्गाका लालपुर्जा हुन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले १६ जनालाई लालपुर्जा वितरण गरेका थिए । बाँकी लालपुर्जा आयोजकले वितरण गरेका थिए ।
सो अवसरमा बोल्दै मन्त्री अधिकारीले वषौँदेखि लालपुर्जा नपाएका जनतालाई लालपुर्जा दिन योजनाबद्ध योजना अन्तर्गत लालपुर्जा वितरण गरिएको बताए । उनले उखडा र बहाल बिटौरी जग्गामा बसेका नागरिक पनि लालपुर्जाबाट वञ्चित भएको बताए ।
रुपन्देहीसहित तराईका धेरै जिल्लामा भूमिहीन, सुकुम्वासी, दलित तथा अव्यवस्थित बसोबास रहेका र उनीहरूलाई छिटोछरितो रूपमा जग्गा दिनका निम्ति लागिपरेको उनले बताए । नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत सुग्रीव यादवले रुपन्देहीमा पछिल्लो समय ६७५ हेक्टर जग्गाको पुर्जा वितरण गरिसकिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने तयारी’
-
मध्यपूर्वी देशहरूमा ‘जार’ को प्रदर्शन सुरू
-
योजना आयोगका उपाध्यक्ष अधिकारी र अर्मिडा सेल्सियाबिच भेटवार्ता
-
राजश्व सङ्कलन गर्ने विधेयक लुम्बिनी प्रदेश सभामा पेस
-
नीतिले किन आफूलाई महसुस गरिन् अपराधी ?
-
प्रतिपक्षको जवाफ कामले दिनुपर्नेमा सत्तापक्षले मुख धेरै चलायो : वर्षमान पुन