रोहिणी गाउँपालिकामा लालपुर्जा वितरण
बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकामा ४५० थान जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण गरिएको छ । रोहिणी गाउँपालिका र नापी कार्यालयले एक कार्यक्रम आयोजना गरी आइतबार जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । यसरी वितरण गरिएको गाउँ ब्लक जग्गाका लालपुर्जा हुन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले १६ जनालाई लालपुर्जा वितरण गरेका थिए । बाँकी लालपुर्जा आयोजकले वितरण गरेका थिए ।
सो अवसरमा बोल्दै मन्त्री अधिकारीले वषौँदेखि लालपुर्जा नपाएका जनतालाई लालपुर्जा दिन योजनाबद्ध योजना अन्तर्गत लालपुर्जा वितरण गरिएको बताए । उनले उखडा र बहाल बिटौरी जग्गामा बसेका नागरिक पनि लालपुर्जाबाट वञ्चित भएको बताए ।
रुपन्देहीसहित तराईका धेरै जिल्लामा भूमिहीन, सुकुम्वासी, दलित तथा अव्यवस्थित बसोबास रहेका र उनीहरूलाई छिटोछरितो रूपमा जग्गा दिनका निम्ति लागिपरेको उनले बताए । नापी कार्यालय रुपन्देहीका प्रमुख नापी अधिकृत सुग्रीव यादवले रुपन्देहीमा पछिल्लो समय ६७५ हेक्टर जग्गाको पुर्जा वितरण गरिसकिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण