एक लाखभन्दा बढी मेट्रिक टन रासायनिक मल मौज्दात
आइतबार, २० असोज २०८१, १८ : २४
काठमाडौँ । कृषि तथा पशुपन्छी मन्त्रालयसँग एक लाखभन्दा बढी मेट्रिक टन रासायनिक मल मौज्दात रहेको छ । मन्त्रालयले पछिल्लो रासायनिक मलको मौज्दात विवरण सार्वजनिक गर्दै १ लाख २६ हजार १८७ मेट्रिक टन रासायनिक मल रहेको जनाएको हो ।
मन्त्रालयसँग युरिया मल ८२ हजार ३८४ मेट्रिक टन रहेको छ । यस्तै, डीएपी ३७ हजार १९० मेट्रिक टन र पोटास ६ हजार ६११ मेट्रिक टन रहेको मन्त्रालयको तथ्यांक छ ।
यस्तै, १ लाख २६ हजार १८७ मेट्रिक टन रासायनिक मलमध्ये कृषि सामाग्री कम्पनी लिमिटेडसँग ९१ हजार ६५ हजार ५१ मेट्रिक टन र साल्ट ट्रेडिङ्ग कम्पनी लिमिटेडसँग ३४ हजार ५३६ मेट्रिक टन मल रहेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण