नेक्सजेनको साधारण सभा सम्पन्न, नाम परिवर्तन र नयाँ सञ्चालक मनोनयन
काठमाडौँ । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सको असोज १९ गते सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । होटल एलो पगोडामा भएको सभाको अध्यक्षता कम्पनीका अध्यक्ष रमेश कुमार भट्टराईले गरेका थिए ।
सभाले आर्थिक वर्ष २०८०र८१ को वित्तीय विवरण पास गर्दै शेयर धनीहरूलाई ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पनि पारित गरेको छ ।
सभामा कम्पनीको नाम परिवर्तन गरी ‘नेक्सजेन म्यानेजमेन्ट एण्ड ईक्विटि सोलुसन्स प्रा लि’ राख्ने निर्णय भएको छ । कम्पनीले भविष्यमा नियामक निकायको स्वीकृति लिएर पोर्टफोलियो म्यानेजमेन्ट तथा प्राईभेट ईक्विटि र भेन्चर क्यापिटलको काम समेत गर्ने योजना बनाएको जनाएको छ । त्यसैले पुजी वृद्धि र समान प्रकृतिका कम्पनीहरू मर्जर गर्ने निर्णय पनि भएको जनाइएको छ ।
यस्तै सभाले आगामी चार वर्षका लागि देवेन्द्र प्रताप शाह, रमेश कुमार भट्टराई, बलराम विष्ट, अजय कुमार मिश्र र शिवराज (माधव) दवाडी लाई सञ्चालकमा निर्विरोध मनोनयन गरेको छ ।
सञ्चालकको मनोनयनपछि सभामा नै सञ्चालकहरूले एक मतले अध्यक्षमा देवेन्द्र प्रताप शाहलाई र रमेश कुमार भट्टराईलाई प्रबन्ध सञ्चालकमा मनोनयन गर्ने घोषणा गरेको थियो ।
साधारण सभामा २९ जना शेयरधनि मध्ये २१ जनाको उपस्थिति रहेको रमेश कुमार भट्टराईले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतान्याहूलाई पक्राउ गर्न खोजिरहेछन् न्यूयोर्कका मेयर ममदानी
-
३ इरानमा सत्ता संघर्ष गहिरिँदै, कट्टरपन्थीले लगाए ‘कु’को आरोप
-
प्रतिपक्षलाई पेलेर अघि बढ्ने सरकार टिक्दैन: महासेठ
-
‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य
-
प्रदेशमा प्रतिपक्षविहीन संसद् बनाउने अभ्यास लोकतान्त्रिक मूल्यमान्यता अनुकूल हुन्न : गगन थापा
-
पदबाट हट्न सहमत भए हंगेरीका राष्ट्रपति तमास शुल्योक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण