प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाको सामाजिक पहल
काठमाडौँ । मारिकोले भर्जिन नरिवलको तेलको गुणले भरिपूर्ण प्यारासुट एडभान्स्ड बेबीसँगै आफ्नो उत्पादन रेन्ज विस्तारको सगर्व घोषणा गरेको छ। यो नयाँ रेन्ज सुरुवातको अवसरमा प्यारासुट एडभान्स्ड बेबीले काठमाडौँ उपत्यकाका नवजात शिशुहरूको कल्याणमा सहयोग गर्न प्रख्यात सामाजिक पहल एक एक पाइलासँग साझेदारी गरेको हो।
यस सहकार्य मार्फत प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाले अत्यधिक खाँचोमा परेका कमजोर पृष्ठभूमिका शिशुहरूलाई आवश्यक शिशु स्याहार उत्पादनहरू उपलब्ध गराउने लक्ष्य राखेका छन्। यस क्रममा नेपालभरका विभिन्न संस्थाहरूमा नवजात शिशुका लागि पाउडर, साबुन र मसाज तेल सम्मिलित कुल एक हजार बेबी केयर किटहरू वितरण गरिनेछ।
एक एक पाइलाका व्यवस्थापक, अशोक पाण्डेले भने, ‘प्यारासुट एडभान्स्ड बेबीसँगको यो पहलमार्फत नै हामी नवजात शिशुहरूलाई आवश्यक केयर प्रदान गर्यौँ । यसले नेपालभर बाल स्वास्थ्य र कल्याणका क्षेत्रमा सुधार गर्ने हाम्रो प्रतिबद्धतालाई पनि सुदृढ गर्दैछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तारकेश्वरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
-
बालसुधार गृहको अवस्था सुधार गर्न सरकारलाई संसदीय समितिको ४ बुँदे निर्देशन
-
विश्वकप २०२६मा पेनाल्टी क्षेत्रबाहिरबाट हुने गोलमा उल्लेख्य वृद्धि
-
अमेरिका–इरान द्वन्द्व थप चर्किँदै, व्यापक क्षेत्रीय युद्धमा रूपान्तरण हुने जोखिम बढ्दै
-
सन्तनेताको उपाधि इतिहासमा अमिट रहन्छ : सभापति थापा
-
घरमै स्मार्टफोन सफा गर्नुहुन्छ ? पर्ला नि महँगो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण