विश्वकप २०२६मा पेनाल्टी क्षेत्रबाहिरबाट हुने गोलमा उल्लेख्य वृद्धि
सारांश
- फिफा विश्वकप २०२६ मा पेनाल्टी क्षेत्रबाहिरबाट गरिएका गोलहरूको अनुपात कतार विश्वकपको तुलनामा दोब्बर भएको छ ।
- यस विश्वकपमा कुल गोलमध्ये १६ प्रतिशत गोल पेनाल्टी क्षेत्रबाहिरबाट भएका छन्, जुन २०२२ को विश्वकपमा ८ प्रतिशत थियो ।
- लो ब्लक रणनीति अपनाउनु र पेनाल्टी क्षेत्रमा खेलाडीको भीड हुनु यस वृद्धिको मुख्य कारण मानिएको छ ।
काठमाडौँ । फिफा विश्वकप २०२६ मा पेनाल्टी क्षेत्रबाहिरबाट गरिएका गोलहरूको अनुपात अघिल्लो कतार विश्वकपको तुलनामा दोब्बर भएको फिफाले जनाएको छ ।
फिफाको प्राविधिक अध्ययन समूह (टेक्निकल स्टडी ग्रुप–टियसजि)ले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार यस विश्वकपमा भएका कुल गोलमध्ये १६ प्रतिशत गोल पेनाल्टी क्षेत्रबाहिरबाट भएका छन् । सन् २०२२ को कतार विश्वकपमा यो अनुपात केवल ८ प्रतिशत थियो ।
फुटबल विश्लेषकहरूका अनुसार यसको मुख्य कारण धेरै टोलीहरूले लो ब्लक (गहिरो रक्षात्मक रणनीति) अपनाउनु हो । यस रणनीतिमा टोलीहरूले आफ्नै पोस्ट नजिक धेरै खेलाडी राखेर रक्षा गर्ने भएकाले आक्रमणकारी खेलाडीहरू लामो दूरीबाट प्रहार गर्न बाध्य हुन्छन् ।
फिफाको प्राविधिक अध्ययन समूहका सदस्य तथा अमेरिकी राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक युर्गेन क्लिन्समनले पेनाल्टी क्षेत्रमा धेरै खेलाडीको भीड हुने भएकाले गोलरक्षकलाई टाढाबाट आएको बलको दिशा पहिल्याउन पनि कठिन हुने बताए ।
उनले पत्रकारहरूसँग भने, ‘खाली ठाउँ नै हुँदैन । पेनाल्टी क्षेत्रभित्र वा त्यसको वरिपरि आठ–नौ जना खेलाडी हुन्छन् । त्यसैले बाहिरबाट प्रहार गर्नु स्वाभाविक विकल्प बन्छ ।’
उनका अनुसार प्रशिक्षकहरूको दृष्टिकोणबाट पनि यस्तो प्रवृत्ति निकै रोचक छ र यस विश्वकपमा बाहिरबाट भएका धेरै उत्कृष्ट गोलहरू हेर्न पाइएका छन् । फिफाका फुटबल विकास प्रमुख आर्सेन वेङ्गरले पनि यस प्रतियोगितामा लामो दूरीबाट गरिएका प्रहारहरूको गुणस्तरको प्रशंसा गरे ।
उनले भने, ‘बल निकै तीव्र गतिमा गइरहेको देखिन्छ । पेनाल्टी क्षेत्रबाहिरबाट खेलाडीहरूले साँच्चिकै रकेटजस्ता प्रहार गरेका छन् । यस प्रतियोगितामा शटहरूको गुणस्तर उत्कृष्ट रह्यो ।’
विशेषगरी अर्जेन्टिनाले गहिरो रक्षात्मक रणनीति अपनाउने टोलीविरुद्ध लामो दूरीका प्रहारलाई प्रभावकारी हतियार बनाएको छ । अर्जेन्टिनाले यस विश्वकपमा पेनाल्टी क्षेत्रबाहिरबाट पाँच गोल गरेको छ । त्यसमध्ये इंग्ल्यान्डविरुद्धको सेमिफाइनलमा ८५औँ मिनेटमा एन्जो फर्नान्डेजले गरेको शानदार गोल विशेष चर्चामा रह्यो, जसले टोलीलाई खेलमा पुनरागमन गराएको थियो ।
यस्तै, स्विट्जरल्यान्डविरुद्ध अतिरिक्त समयमा २२ यार्ड टाढाबाट जुलियन आल्भारेजले गरेको आकर्षक कर्लिङ प्रहारले अर्जेन्टिनालाई सेमिफाइनल पुग्न महत्वपूर्ण भूमिका खेलेको थियो ।
शनिबार सम्पन्न तेस्रो स्थानको खेलमा पनि इंग्ल्यान्डका मिडफिल्डर डेक्लान राइसले खेलको तेस्रो मिनेटमै पेनाल्टी क्षेत्रबाहिरबाट उत्कृष्ट गोल गरे । उक्त रोमाञ्चक खेलमा इंग्ल्यान्डले फ्रान्सलाई ६–४ ले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एम्बाप्पेलाई पछि पार्दै गोल्डेन बुट जित्ने मेसीका लागि अन्तिम अवसर
-
मुक्त हरवा चरवाको १० बुँदे बर्दिबास घोषणापत्र जारी
-
अमेरिकी सैनिक मारिएपछि इरानमाथि अमेरिकी हवाई आक्रमण
-
१० बजे १० समाचार : विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना र स्पेन भिड्दै, टेकुमा गोली चल्यो
-
गुयानाको तटमा ११६ जना बोकेको डुङ्गा डुब्दा दर्जनौँ व्यक्ति हताहत भएको आशङ्का
-
प्रहरी महानिरीक्षक कार्की थाइल्यान्ड प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण