चितवन राष्ट्रिय निकुञ्जको सुरक्षालाई थप सुदृढ बनाइयो
चितवन । चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै निकुञ्ज सुरक्षालाई सुदृढ बनाएको छ । दसैँ, तिहारजस्ता महत्त्वपूर्ण चाडपर्वको समयमा निकुञ्जमा चोरी सिकारीका घटना बढी हुनसक्ने भएकाले उच्च सतर्कता अपनाइएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार यो समयमा चोरी सिकारीका घटना बढी हुने भएकाले सुरक्षा गस्तीलाई तीव्र पारिएको छ । नियमित जाँचसँगै आकस्मिक गस्ती र जाँचलाई बढाइएको उनले बताए । उनले भने, “निकुञ्ज क्षेत्रमा रहेका ६७ वटा पोष्टलाई चुस्त बनाएका छौँ । अझै प्रभावकारी रूपमा काम गर्नका लागि समुदायसँग नियमित सम्पर्कमा रहन निर्देशन गरिएको छ ।”
नेपाली सेना र निकुञ्ज प्रशासनका ती पोष्टबाट नियमित गस्ती र सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ । उनले थपे, “चाडपर्वको समयमा हुनसक्ने चोरी सिकारी नियन्त्रणका लागि समुदायमा आधारित चोरी सिकारी नियन्त्रण एकाइलाई समेत चनाखो रहन आग्रह गरिएको छ ।” यहाँ पाइने पाटेबाघ र एकसिङ्गे गैँडाको चोरी सिकारी विगतका वर्षहरू चाडपर्वको समयमा बढी हुने गरेको भन्दै पुनले यो समयमा हात्तीबाट गरिने गस्ती, पैदल गस्ती, साइकल गस्तीलगायतलाई थप प्रभावकारी बनाइएको बताए ।
चाडपर्वको समयमा चोरी सिकारी हुनसक्ने क्षेत्रको पहिचान गरी संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन र व्यवस्थापनको काम गरिएको उनले जानकारी दिए । पछिल्ला समयमा समुदायमा आधारित चोरी सिकारी नियन्त्रण कार्यक्रमलाई थप प्रभावकारी बनाइएको उनले बताए । यस वर्ष निकुञ्ज र आसपासको क्षेत्रमा छवटा गैँडा मृत फेला परेका छन् । यसमध्ये एउटालाई करेन्ट लागेर मारिएको छभने अन्य कालगतिले मरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण