पहिलो एमपक्स डाइग्नोस्टिक टेस्टलाई डब्ल्युएचओले दियो अनुमति
काठमाडौँ । एमपक्स सङ्क्रमितको सङ्ख्या लगातार बढ्नु यतिबेला चिन्ताको विषय बनेको छ । एमपक्स एक थरी भाइरल रोग हो, जुन सामान्यतः मान्छेसँगको सम्पर्कबाट अर्को मान्छेमा सर्छ । अहिलेसम्म धेरै मानिसमा यसको सङ्क्रमण देखिइसकेको छ ।
यो फ्लु जस्तै रोग हो । यसबाट सङ्क्रमित भएको व्यक्तिको शरीरमा पिप भरिएको बिबिरा आउँछ । एमपक्सलाई यसअघि मंकीपक्स भनिन्थ्यो ।
द्रुत रूपमा फैलिरहेको यसको नयाँ स्ट्रेनका कारण पहिले यसको सङ्क्रमण नभेटिएका देशहरूमा यसका बिरामी भेटिन थालेका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले गएको बिहीबार एबट ल्याबोरेटरीजको एमपक्स डायग्नोस्टिक परीक्षणलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ ।
एबट मोलिक्युलर इंकले बनाएको एनिलिटी एम एमपक्सवी परीक्षणलाई आपत्कालीन प्रयोग स्वीकृति दिनु एमपक्सको प्रकोपको सामना गरिरहेका देशमा निदान क्षमता विस्तार गर्न महत्त्वपूर्ण हुने आशा डब्ल्यूएचओले एउटा विज्ञप्तिमा व्यक्त गरेको छ
कसरी काम गर्छ यस परीक्षणले ?
न्यूक्लिक एसिड एम्प्लिफिकेशन टेस्टिङ (एनएएटी)ले मंकीपक्स भाइरस लागेको छ छैन भन्ने कुराको पुष्टि गर्न सघाउँछ । यसले रियल टाइम वा समय वा परम्परागत पोलिमरेज चेन रियाक्सन (पीसीआर) जस्तै काम गर्छ । सन्दिग्ध अवस्थामा यो मंकीपक्स भाइरस (एमपीएक्सभी)को सङ्क्रमण पुष्टि गर्ने अनुशासित नमुना हो । यसले मान्छेको छाला रहेको घाउको स्वाबबाट एमपक्स भाइरस पत्ता लगाउँछ ।
‘आपत्कालीन प्रयोग सूचीकरण प्रक्रिया अन्तर्गत सूचीबद्ध यो एमपक्सको सङ्क्रमण पत्ता लगाउने पहिलो परीक्षण भएको डब्ल्यूएचओका सहायक महानिर्देशक डा.युकिको नाकतानीले भनेका छन् । सङ्क्रमणको मारमा परेको देशमा परीक्षणको उपलब्धता विस्तार गर्न यो महत्त्वपूर्ण कोशेढुंगा साबित हुने आशा उनले व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भिनिसियस जुनियरको जारी विश्वकपमा ‘थ्री आउट अफ थ्री’ को सानदार रेकर्ड
-
दिगो कृषि तथा खाद्य प्रणालीसम्बन्धी राष्ट्रिय सम्मेलन चितवनमा
-
अनैतिक गतिविधिमा संलग्न २४ जना नियन्त्रणमा
-
भोटिङ मेसिनमा उम्मेदवारको वरीयताप्रति गणेश कार्कीको आपत्ति
-
समूह ‘सी’ को निर्णायक भिडन्तमा ब्राजिल र स्कटल्याण्ड भिड्दै, नेयमार टोली बाहिर
-
स्वीट्जरल्याण्ड समूह विजेता बन्दा कतार बाहिरियो, बोस्नियाको भाग्य अन्य समूहको हातमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण