अभिनेता विपिन कार्कीले गाए र्याप गीत

काठमाडौँ । अभिनेता विपिन कार्कीले र्याप गीत गाएका छन् । तुलसी घिमिरेले ७ वर्षपछि निर्देशनमा कमब्याक गर्न लागेको फिल्म ‘पहाड’ को एक गीतमा कार्कीले आफ्नो स्वर रेकर्ड गराएका हुन् ।
आइतबार काठमाडौँको महाराजगन्जस्थित भेनस रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतमा विपिनलाई भारती घिमिरे (तुलसी घिमिरेकी श्रीमती) लगायतले साथ दिएका छन् । रञ्जित गजमेरको सङ्गीत तथा निर्देशक घिमिरे स्वयंको शब्द गीतमा छ ।
गजमेरले लामो समयपछि नेपाली फिल्मको गीतमा सङ्गीत भरेका हुन् । कात्तिकबाट छायाङ्कनको तयारीमा रहेको फिल्मको मुख्य भूमिकामा पनि विपिन नै देखिनेछन् । मदनकृष्ण श्रेष्ठ, सुनिल थापाको समेत अभिनय रहने फिल्मका लागि नायिकाको खोजी जारी छ ।
५० प्रतिशत छायाङ्कन नेपालका विभिन्न पहाडी भेगमा र ५० प्रतिशत मुम्बईमा छायाङ्कन हुने फिल्मको प्रोडक्सन डिजाइनरमा निर्देशक घिमिरेकी छोरी भावना छिन् । पछिल्लो समय बढ्दो बसाइसराइले रित्तिँदै गएको पहाडी भूगोलको कथामा फिल्म बन्न लागेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा ८७ हजार यौन श्रमिक
-
प्रधानमन्त्रीद्वारा त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिटको निरीक्षण (तस्बिरहरू)
-
छोराको प्रेमिकालाई आगो लगाएर हत्या गरी फरार बुवा पक्राउ
-
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
-
सुनकोशी नदीमा डुबेर एक जनाको मृत्यु
-
तुलसीपुरमा बस दुर्घटना हुँदा दुईको मृत्यु, ३४ जना घाइते