अभिनेता विपिन कार्कीले गाए र्याप गीत
काठमाडौँ । अभिनेता विपिन कार्कीले र्याप गीत गाएका छन् । तुलसी घिमिरेले ७ वर्षपछि निर्देशनमा कमब्याक गर्न लागेको फिल्म ‘पहाड’ को एक गीतमा कार्कीले आफ्नो स्वर रेकर्ड गराएका हुन् ।
आइतबार काठमाडौँको महाराजगन्जस्थित भेनस रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतमा विपिनलाई भारती घिमिरे (तुलसी घिमिरेकी श्रीमती) लगायतले साथ दिएका छन् । रञ्जित गजमेरको सङ्गीत तथा निर्देशक घिमिरे स्वयंको शब्द गीतमा छ ।

गजमेरले लामो समयपछि नेपाली फिल्मको गीतमा सङ्गीत भरेका हुन् । कात्तिकबाट छायाङ्कनको तयारीमा रहेको फिल्मको मुख्य भूमिकामा पनि विपिन नै देखिनेछन् । मदनकृष्ण श्रेष्ठ, सुनिल थापाको समेत अभिनय रहने फिल्मका लागि नायिकाको खोजी जारी छ ।
५० प्रतिशत छायाङ्कन नेपालका विभिन्न पहाडी भेगमा र ५० प्रतिशत मुम्बईमा छायाङ्कन हुने फिल्मको प्रोडक्सन डिजाइनरमा निर्देशक घिमिरेकी छोरी भावना छिन् । पछिल्लो समय बढ्दो बसाइसराइले रित्तिँदै गएको पहाडी भूगोलको कथामा फिल्म बन्न लागेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण