स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ
सोमबार, २१ असोज २०८१, १५ : ११
काठमाडौँ । स्रोत नखुलेको रकमसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा घर भई काठमाडौँ बस्दै आएका ३५ वर्षीया सावित्री वली र २५ वर्षीय सुरेश वली रहेका छन् ।
उनीहरूको साथबाट स्रोत नखुलेको १९ लाख रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । स्रोत नखुलेको १५ लाख रकमसहित सावित्री वलीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उक्त रकम भारतीय नागरिकको रहेको र एक वर्षदेखि काठमाडौँको न्यूरोडस्थित भारतीय नागरिकको कार्यालयमा काम गर्ने गरेको बताएको प्रहरीले जनाएको छ ।
उक्त कार्यालयको चेकजाँच गर्दा सावित्रीको भाइ सुरेशको साथबाट थप स्रोत नखुलेको ४ लाख रकम पनि बरामद गरी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण