‘केटी हराएको सूचना’को पोष्टरमा रोमान्टिक नाजिर र सृष्टि
काठमाडौँ । अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म हो ‘मिसिङः केटी हराएको सूचना’ । कार्तिक ३० गतेदेखि सार्वजनिक प्रदशर््नमा आउने फिल्मको पोष्टर सार्वजनिक भएको छ । पोस्टरमा नाजिर र सृष्टि रोमान्टिक अवतारमा देखिएका छन् ।
ट्री सिटी पिक्चर्सको ब्यानरमा बनेको फिल्मको सार्वजनिक पोस्टरमा रेलको लिकमा फिल्मका नाजिरले सृष्टिलाई हात समाएर हिँडिरहेको देख्न सकिन्छ । कलाकार र रेलको पृष्ठभूमिमा पहाड र तराईको दृश्य छ ।
फिल्म दीपेन्द्र गौचनले निर्देशन गरेका हुन् । नाजिर र सृष्टिको अलवा फिल्ममा रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय फिल्ममा छ । फिल्ममा अमितेष शाहको विशेष भूमिका छन् ।
नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्मको मनोहर दास मुल, अनिन राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन निर्माता हुन् ।
फिल्म एप्पल इन्टरटेनमेन्ट, एफडी कम्पनी र रिच इन्टरटेनमेन्टले वितरण गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीसँग विवाद गर्ने महानगर प्रहरीलाई निलम्बन गरिने, यी हुन् सहमतिका ९ बुँदा
-
टेक्सासको एक रेस्टुरेन्टमा कुटपिट गरेको आरोपमा चार नेपाली पक्राउ
-
विपद् व्यवस्थापनमा गण्डकी सक्रिय : २२ करोड मौज्दात, ८ हजार जनशक्ति तयारीमा अवस्थामा
-
विश्वकप : सेमीफाइनलमा चार फुटबल महाशक्ति, नयाँमा के समस्या देखियो ?
-
शैक्षिक परामर्श नियमावलीप्रति असन्तुष्टि, आन्दोलनमा उत्रिने चेतावनी
-
साविक कर्णालीका ४ जिल्लाभन्दा धेरै बजेट मन्त्रीको गृह जिल्ला हुम्ला र सुर्खेतमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण