जनजाति महासङ्घद्वारा बाढीपीडितलाई पाँच लाख सहयोग
काठमाडौँ । नेपाली कांग्रेसनिकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका बाढीपीडितलाई पाँच लाख ५५ हजार पाँच सय आर्थिक सहयोग गरेको छ ।
महासंघका अध्यक्ष ओमबहादुर घर्तीमगर नेतृत्वको टोलीले आज काभ्रेपलाञ्चोकको रोशी पुगेर बाढीपहिबाट भएको क्षतिको अवलोकन गरी त्यसको पुनःनिर्माण र पीडित नागरिकको राहतका लागि गाउँपालिकाका अध्यक्ष दिनेश लामालाई उक्त रकम हस्तान्तरण गरेको हो ।
रकम हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव हुमागाईँ, मधु आचार्य र गणेश लामा, कांग्रेस काभ्रेपलाञ्चोकका सभापति एवं प्रदेशसभा सदस्य तीर्थ लामालगायतको सहभागीता रहेको थियो ।
महासंघको अगुवाइमा यही असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण बाढीपहिरो गएपछि घरबारबिहिन बनेका रोशीका स्थानीयवासीको स्वास्थ्य जाँचसमेत गर्दैआएको महासंघकी केन्द्रीय सदस्य पशुपति गुरुङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद केपी खनालको ‘एमपी छात्रवृत्ति कार्यक्रम–२०८३’, प्रक्रियामाथि उठ्यो प्रश्न
-
फेवातालबाट दुई भारतीय नागरिकको सकुशल उद्धार
-
ओभरलोड नियन्त्रण नगरे सडक पूर्वाधार जोगिँदैन : अध्यक्ष बानियाँ
-
चारै खेल बराबरीमा टुंगिए, केप भर्डेका गोलकिपर किन भए भावुक ? | Worldcup Football - 2026
-
नागढुंगा–मुग्लिन सडकमा पोल सार्ने काममा किन भइरहेको छ ढिलाइ ?
-
साउदी जाने श्रमिकलाई अब सीप परीक्षण अनिवार्य, थपियो १५ हजार रुपैयाँ आर्थिक भार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण