पोखरामा तेस्रो क्रसकन्ट्री दौड हुने, चिनियाँ खेलाडी जहाज चार्टर गरेर आउने
पोखरा । पोखरामा तेस्रो क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ । तिहार गत्तै अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको तयारी गरिएको हो ।
हिमालयन टुरिजम फोरमको आयोजनामा कात्तिक २४ गते दौड हुने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल र चीनका खेलाडीहरू सहभागी हुनेछन् ।
दौडका विभिन्न ४ विधामा प्रतिस्पर्धा हुने अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिए । टिम समूह ५० किमी, च्यालेन्ज इन्डिभिजुअल समूह ५० किमी, विद्यार्थी दौड ५ किमी र ह्यप्पी रन समूहमा २ किमी दौड हुनेछ ।
टीम समूहको विजेताले ४ लाख ५८ हजार, दोस्रोलाई ३ लाख ४३ हजार, च्यालेन्ज इन्डिभिजुअलको विजेता महिला र पुरुषले १ लाख ५२ हजार पाउनेछन् । विद्यार्थी तर्फको स्पर्धामा विजेताले ३० हजार पाउनेछन् । विद्यार्थीको छैटौंसम्म र च्यालेन्ज इन्डिभिजुअलमा शीर्ष १० जनाले पनि पुरस्कार पाउने पालिखेले जानकारी दिए ।
५० किमी पर्वतीय दौड पोखराको लेकसाइडस्थित बाराहीघाटबाट सुरु भएर छोरेपाटन, रामदी, फुस्रेखोलाहुँदै स्याङ्जाको फेदीखोला, पोखरा २२ पुम्दीभुम्दी, स्तूपाबाट फेवाताल पामेहुँदै पुन बाराहीघाट आएर समापन हुनेछ । प्रतियोगितामा सहभागी हुने चिनियाँ खेलाडी जहाज चार्टर गरेर नोभेम्बर ७ मा कुन्मिनबाट पोखरा आउनेछन् ।
दौडमा प्रतियोगिता पूरा गर्न करिब १ करोड ३६ लाख खर्च हुने अनुमान छ । चीनबाट आउने खेलाडीको पोखरा विमानस्थलसम्मको खर्च चीन सरकारले नै व्यहोर्ने छ । अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता भएकोले यसबाट पोखराको समग्र पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डबिचको पहिलो हाफ १–१ काे बराबरीमा
-
इङ्गल्याण्डका जुड बेलिङ्घमले गरे बराबरी गोल
-
३६औँ मिनेटमा आन्द्रेयास सेल्डरपको गोल, इङ्गल्याण्डविरुद्ध नर्वे १–० ले अगाडि
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण