काभा यू–२० भलिबल च्याम्पियनसिप : नेपालले माल्दिभ्सलाई सजिलै हरायो
काठमाडौँ । श्रीलंकाको राजधानी कोलम्बोमा जारी काभा सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० च्याम्पियनसिपमा नेपालले दोस्रो जित हासिल गरेको छ । नेपाली टोलीले मंगलबार खेलिएको आफ्नो तेस्रो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको हो ।
प्रारम्भदेखि नै नेपालले माल्दिभ्सलाई दबाबमा राखेको थियो । नेपालले पहिलो सेटको नतिजालाई २५–५ अंकले आफ्नो पक्षमा पार्यो । दोस्रो सेटमा पनि नेपाली टोली २५–१२ अंकले अगाडि रह्यो । तेस्रो सेटको नतिजालाई २५–२० अंकले आफ्नो पक्षमा पार्दै नेपालले सजिलै खेल जित्यो ।
जितसँगै नेपाली टोलीले अगाडि बढ्ने आफ्नो सम्भावना कायमै राखेको छ । तेस्रो खेल खेलेको नेपाली टोलीले जारी प्रतियोगितामा हात पारेको यो दोस्रो जित हो । नेपाली टोलीले आफ्नो पहिलो खेलमा आयोजक राष्ट्र श्रीलंकालाई ३–० सेटले हराएको थियो ।
नेपाली टोली आफ्नो दोस्रो खेलमा भने उज्वेकिस्तानसँग ३–१ सेटले पराजित भएको थियो । त्यसैले माल्दिभ्सविरुद्धको खेल नेपाली टोलीका लागि निकै महत्त्वपूर्ण थियो । नेपाली टोलीले आफ्नो चौथो खेल बिहीबार किर्गिस्तानसँग खेल्नेछ ।
आफ्नो पाँचौँ खेलमा नेपाली टोलीले शुक्रबार तुर्कमेनिस्तानको सामना गर्नेछ । लिग चरणको खेलपछि अंक तालिकाको माथिल्लो स्थानमा रहने दुई टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज यी ३६ जिल्लामा अधिवेशन गर्दै रास्वपा
-
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
-
दोस्रो सातामा प्रवेश गरेसँगै ‘रोल नं १’को नयाँ गीत ‘रङ्गिन सपना’ सार्वजनिक
-
कक्रोच जनता पार्टीको प्रदर्शनअघि दिल्लीमा उच्च सुरक्षा सतर्कता
-
बाढी पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
एल निनोको ‘अनिश्चित र भयावह’ परिणाम: भारतमा चरम खडेरी र चीनमा बाढीको त्रास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण