घर-घरमा मेलम्चीको पानी वितरण सुनिश्चित गर्न मन्त्री यादवको निर्देशन
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी उपभोक्ताका घरमा पुगे नपुगेको जाँच गर्न निर्देशन दिएका छन् ।
मेलम्चीबाट मंगलबार सुन्दरीजलमा ल्याइएको पानी वितरण सुरु गर्दै मन्त्री यादवले मेलम्चीको पानी वितरणको अनुगमन एवं जाँच गर्न निर्देशन दिए । उनले भने, “हामीले ठूलो चुनौती पार गरेर काठमाडौँबासीका लागि पानी ल्याएका छौँ, पानी वितरणमा प्राविधिक समस्या भए मलगायत मन्त्रालयका कर्मचारीलाई जानकारी दिनुहोला ।”
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेल)को जिम्मेवारी जनतालाई पानी वितरण गर्ने भएकाले मेलम्चीबाट आएको पानी जुनसुकै हालतमा उपभोक्ताको घरमा पुग्नुपर्नेमा मन्त्री यादवले जोड दिए ।
अर्को वर्षात नआएसम्मका लागि काठमाडौँ उपत्यकावासीले मेलम्चीको पानी खान पाउनेमा विश्वास व्यक्त गर्दै उनले प्रत्येक दुई दिनमा पानी वितरण गरिने भए पनि हाललाई प्रत्येक एक दिनमा पानी वितरण गरिने बताए ।
मन्त्री यादवले मेलम्चीका संघर्ष समितिका जायज माग दसैँ लगत्तै सम्बोधन गरिने पनि बताए । उनले भने, “सङ्घर्ष समितिले हाललाई आन्दोलनका कार्यक्रम स्थगन गरेका छन् । उहाँहरुका माग दसैँपछि सम्बोधन गरिनेछ ।”
खानेपानीमन्त्री यादव र मेलम्ची सङ्घर्ष समितिबीच सोमबार राति भएको वार्तामा काठमाडौँमा पानी लैजाने विषयमा सहमति भएपछि आजदेखि मेलम्चीको पानी सुन्दरीजलमा ल्याइएसँगै अहिले बितरण सुरु गरिएको हो ।
मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आपूर्ति हुने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक इञ्जिनियर रत्न लामिछानेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण