मैत्रीपूर्ण खो खोमा भारत विजयी
बुधबार, २३ असोज २०८१, ०६ : २३
काठमाडौँ । नेपाल र भारतबिच भएको मैत्रीपूर्ण खो खो प्रतियोगितामा मंगलबार भारत विजयी भएको छ । पुरुषको ४ खेलको शृङ्खलामा भारत ४–० ले विजयी भयो । नेपाल खो खो संघको आयोजनामा कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिलामा दुई खेल भएको थियो । दुवैमा भारतले बाजी मा¥यो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, भारतीय खो खो महासंघका महासचिव एमएस त्यागी, आयोजक खो खो संघका अध्यक्ष प्रदीप महर्जन, खो खो संघका वरिष्ठ उपाध्यक्ष छत्रबहादुर शाहीलगायतले एक कार्यक्रमबिच पुरस्कृत गरे । नेपाल र भारतको राष्ट्रिय टोलीबिच प्रतिस्पर्धा भएको वरिष्ठ उपाध्यक्ष शाहीले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण